शनिबार, साउन ९ २०७८
काठमाडौं २२:०३
वासिङटन डिसी 12:18

उपप्रधानमन्त्री मैनाली नआएपछि रित्तो कुर्सी नै प्रमुख अतिथि

इनेप्लिज २०७२ मंसिर २४ गते ११:२५ मा प्रकाशित

लक्ष्मी काफ्ले

12336307_1646973398924205_1701309565_nबिर्तामोड, २४ मङ्सिर । महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका सन्दर्भमा हाल देशैभर विभिन्न कार्यक्रम भइरहेका छन् ।

यसै सन्दर्भमा झापाको बिर्तामोडमा पनि बिहीबार महिला तथा बालबालिका कार्यालय झापाको संयोजनमा गैर सरकारी संस्था महासंघ झापाले लैङ्गिक हिंसाको अवस्था, चुनौती र न्यूनिकरणका सम्भावना विषयक जिल्लास्तरीय गोष्ठीको आयोजना गर्यो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपप्रधान एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनाली आउने पक्कापक्की भइसकेको थियो । मन्त्री आउने भएकाले बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित थिए । कार्यक्रममा सांसद रविन कोइराला, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि आउन केही ढिला हुने सङ्केत पाएसँगै इन्दिरा ओझाको अध्यक्षतामा कार्यक्रम सुरु भयो । काठ्माडौँबाट मन्त्री उडेकै थिएनन् बिर्तामोडमा कार्यक्रम सुरु हुँदा । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल उपप्रधानमन्त्री मैनालीको प्रतिक्षामा सदरमुकाममै थिए । यता कार्यक्रमका वक्ताहरुले भने प्रमुख अतिथि मैनालीका रुपमा रित्तो कुर्सीलाई सम्बोधन गर्दै थिए ।

12346709_1646972868924258_443773125_nसहभागीहरु छटपट गर्न थालेपछि झापाका महिला विकास अधिकृत इन्दिरा ओझा र झापा बारका तर्फबाट यज्ञलक्ष्मी चौलागाईले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्न सुरु गरे । अन्ततः उपप्रधानमन्त्री मैनाली आउने कार्यक्रम रद्द भयो । उपप्रधानमन्त्री नआउने जानकारी पाएपछि ढिलोढिलो गरी प्रजिअ पौडेल पनि कार्यक्रममा आइपुगे । कार्यक्रम प्रमुख अतिथि बिहीन बन्न पुग्यो । उपप्रधानमन्त्री आउने भन्दै आयोजकले झुक्याएको भन्दै उपस्थित केहिले आक्रोश पनि पोख्दै थिए । प्रमुख अतिथि नआउने थाहा पाएसँगै अधिकांश सहभागी उठेर हिँडे ।

कार्यक्रम स्थल सुनसान थियो । भाषण गर्ने गर्दैथिए । कार्यपत्र प्रस्तुत गर्ने गर्दै थिए । अगाडि थिए मात्र खाली कुर्सी ।

12348703_1646973132257565_1927762955_n

प्रतिक्रिया