बुधबार, साउन २० २०७८
काठमाडौं ०४:३४
वासिङटन डिसी 18:49

एपिएफको लगातार सातौँ जित

इनेप्लिज २०७२ मंसिर २३ गते १५:२२ मा प्रकाशित

volleyballकाठमाडौँ, २३ मङ्सिर । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन डलब लिग महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार सातौँ जित हात पारेको छ ।

नयाँ बसपार्कस्थित भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–४, २५–५ र २५–१२ ले पराजित गर्‍यो ।

अपराजित एपिएफले ७ खेलबाट २१ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यता लगातार पाँचौ जित निकाल्ने क्रममा न्यू डायमण्ड एकेडेमीले जानकी उच्च माविलाई ३–० को सोझो सेटमै पराजित गर्‍यो । न्यू डायमण्ड पनि प्रतियोगितामा अपराजित अर्को टोली हो । उसले जानकी उच्चमाविलाई २५–५, २५–२ र २५–७ को सोझो सेटमा हरायो । पाँच खेलबाट डायमन्डको १५ अङ्क छ ।

यस्तै, आजै भएको अन्य खेलमा धादिङ कलाकार सङ्घले एन्जल हर्ट स्कुललाई तथा विजेश्वरी ज्ञान मन्दिरले विन्ध्यवासिनीलाई पराजित गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट एन्जल हर्टले २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने २३–२५ ले गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट फेरि एन्जल हर्टले २७–२५ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यसैगरी, विजेश्वरी ज्ञान मन्दिरले विन्ध्यवासिनी स्कुललाई ३–२ कै कठिन सेटमा पराजित गर्‍यो । विजेश्वरीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट २३–२५, १४–२५ गुमाएको विजेश्वरीले अन्तिम दुई सेटमा खेलमा फर्कँदै जित निकाल्यो । पश्चिमाञ्चल भलिबल सङ्घ र नेपाल प्रहरीबीचको खेल भने प्राविधिक कारण आज भएन ।

प्रतिक्रिया