शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:४०
वासिङटन डिसी 21:55

साहित्यकार घिमिरेलाई आवास सुविधा

इनेप्लिज २०७२ मंसिर २२ गते १५:४६ मा प्रकाशित

jhamak-ghimireकाठमाडौँ, २२ मङ्सिर । सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ ।
पशुपति क्षेत्र विकास कोषको आज बसेको बैठकले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न काठमाडौँ गोठाटारमा रहेको आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भेट गरी साहित्यकार घिमिरेलाई आवास उपलब्ध गराउन लागिएको बारे जानकारी गराउनुभयो । भेटमा साहित्यकार घिमिरे पनि साथमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया