अमेरिकामा ठकुरीलाई दश खेलमा दशौ पटक पदक

इनेप्लिज २०७२ मंसिर २२ गते ०:२४ मा प्रकाशित

ujjawal 1

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मुलका उज्ज्वल ठकुरीले दश खेलमा दशौ पटक पदक हासिल गरि एक नया किर्तिमान कायम गर्न सफल भएका छन् l छ महिना अगाडी १० खेल खेल्ने र १० वटा पदक जित्ने सपना बोकेर हिडेका ठकुरीले गत डिसेम्बर ६ तारिख १० औ प्रतिस्प्रदामा भाग लिई १० औ प्रतियोगितामा समेत पदक प्राप्त गर्न सफल भएका छन् l

प्रथम हुने अभिलाषा सहित प्रतियोगितामा उत्रेका ठकुरी १० औ प्रतिस्प्रदामादोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो l  आफु भन्दा प्रतिस्प्रद्धि रामो पनि लागेको ठकुरीले बताए l किङ्ग अफ द हिल” डिएमभी स्पोर्ट कराते लिग पोटोम्याक मेरीलेन्डमा भएको खुल्ला तौल प्रतिस्पर्दामा भुतपुर्ब शितेरियो खेलाडीले उज्ज्वल ठकुरीले आफुले बोलेको पुर्याएकोमा हर्षित लागेको बताए l

ठकुरीले दश खेलमा दश जिते पछि अझ देशको लागि खेल्दै र नेपाल र नेपालीलाई चिनाउने गरि १० वटा छुट्टा छुट्टै राज्यमा १० खेल खेल्ने योजना समेत रहेको बताए l उनले अहिले सम्म ४ वटा राज्यहरुमा आयोजित प्रतियोगितामा भाग लिई सकेका छन् l

उनले १० औ खेल जिते पछि आफ्ना साथीभाई ,संचार कर्मी तथा सबैभन्दा नजिक कि आफ्नी धर्म पत्नी जस्ले आफ्नो हरेक खेलमा उपस्थित भै छाया चित्र तथा श्रब्य दृष्य समेत खिच्ने गरेकोले साथीभाई तथा उनलाई बिसेष धन्यवाद दिएका छन् l ४० बर्ष नाघी सकेका ठकुरीले ६ स्वर्ण ,३ रजत तथा १ कास्य पदक गरि ६ महिनामा १० पदक जित्ने सम्भवत अमेरिकामा नेपाली मुलका पहिला खेलाडी बन्न पुगेका छन् l

u 2 u 3

प्रतिक्रिया