एनआरएन अमेरिका सबैको तनमा मनमा र सबैको धडकनमा

इनेप्लिज २०७२ मंसिर २१ गते २१:१८ मा प्रकाशित

छोटो समयमै उल्लेखनीय कार्यहरु गर्दै गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका आज हरेक नेपालीको मनहरुमा बस्न सफल भएको छ । यसरी एनआरएन सफल हुनुमा तपाईहरू सबैको माया विश्वास र आसिर्वादले नै हो । त्यसमा पनि सम्पूर्ण वोर्डका होनहार साथीहरु , विध्वत् सल्लाहकार ज्युहरु , आईसीसीका अग्रज लिडरहरु , च्याप्टरका कुशल अध्यक्षरू एवम् पदाधिकारी ज्युहरुको साथै हाम्रा कुशल नेतृत्वकर्ता अध्यक्ष डा. केशव पौडेल ज्यु को विशेष भूमिका रहेको छ ।

शायद यसैको फलस्वरूप आज हाम्रो संस्था सम्मानित हुन पुगेको छ । युएस नेपाल अनलाइनको आठौं वर्ष गाँठको अवसरमा एक भव्य समारोह बीच आज मिति १२/०६/२०१५ मा न्युयोर्कमा वर्षको उत्कृष्ट संस्थाको संज्ञा दिँदै हाम्रो संस्था गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका सम्मानित भएको छ ।

हामीले गर्नु अझै धेरै छ र हामी गर्नेछौं पनि , काम गर्दै जाँदा नकारात्मक कुराहरू पनि हावी हुनु कुनै नौलो कुरा होइन तर सकारात्मक सोच राख्दै अघि बढ्नु हाम्रो दायित्व हो । हुने छ र भईरहनेछ पनि । हामी नेपालीका लागी नेपाली भन्ने मुल मन्त्रका साथ अगाडि वढी रहनेछौ । यसरीनै दिनरात खटिई रहनेछौ किनकी यहाँहरूको मायाले सँधै सँधै हामीलाई अहो दिन अहो रात्र साथ दिई रहनेछ उर्जा दिईरहने छ । सबैलाई वधाई सबैलाई धन्यवाद ।

IMG_4839

प्रतिक्रिया