शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०६:४३
वासिङटन डिसी 20:58

न्यूयोर्कमा रास्ट्रीय खेलाडि सुनिल लामा सम्मानित ।

इनेप्लिज २०७२ मंसिर २१ गते १६:४३ मा प्रकाशित

IMG_3745डिसेम्बर ६, २०१५ आईतबारका दिन (FIKA) International tournament मा काश्य पदक जित्न सफल नेपालका रास्ट्रीय खेलाडी श्री सुनिल लामा (लो) लाई तामाङ्ग सोसाईटी अफ अमेरिकाले एक समाहरोह का बीच सम्मान गरेको छ। उक्त समारोहमा सोसाईटिले श्री लामालाई कदर पत्र र एक हजार डलर प्रदान गरियो। समारोह सोसाईटीका कार्यबाहक अध्यक्ष श्री लाल मान तामांग को सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सोसाईटीका महा-सचिव पवन योञ्जनले गरेका थिए ।लामा ११औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता तथा १३औँ एसियाली प्यासिफिक सितोरियो कराते प्रतियोगिताका स्वर्ण पदक बिजेता समेत हुन् । उनले २०१५ मा लन्डनमा भएको १९औँ सेन्ट्रल इङ्ल्यान्ड ओपन कराते तथा २०१२ मा सिङ्गापुरमा भएको ओपन कराते च्याम्पियनसिपमा कास्यपदक हात पारेका थिए । त्यस्तै लामाले जर्मनमा भएको २२औँ विश्व कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् । श्री लामाले बिगत २३ वर्षा देखि लगातार खेल जगतमा रही देशको सेवा गर्दै आएका छन् । उक्त कार्यक्रममा सोसाईटीका बरिष्ठ व्यक्तित्व बंश लाल तामागं, पूर्व अध्यक्ष्य ईन्द्र तामांग, पूर्व अध्यक्ष भरत लामा, हिमालयन कम्युनिटीका महा-सचिव बि.आर.लामा, नेपाली जन सम्पर्क समितिका सचिव भोज राज थोकर तथा अमेरिका बासि बरिष्ठ नेपाली खेलाडीहरु सिंह बहादुर राना, सम्मर गोले, शान्त थोकर, छेमांग लामा र प्रेम लामाले नेपालमा तामांग खेलाडीहरुले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया