झापामा लागु औषधसहित एक पक्राउ

इनेप्लिज २०७२ मंसिर २१ गते १२:२३ मा प्रकाशित

Anil Darjiझापा, २१ मंसिर । ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले आज एक जनालाई झापाको केरखाबाट पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा तोपगाछी ५ बस्ने २४ वर्षका अनिल दर्जीलाई पक्राउ गरेको हो ।

दर्जीले केर्खा बजारबाट लागु औषध लुकाई छिपाई काठमाण्डौँ लैजान लागेका थिए । उनको साथबाट अवैध लागुऔषध डाईजापाम १९८, लुपिजेसिक १९८ र फेनारगन १९८ थान साथै नाईट्रोसन ट्याब्लेट अढाई पत्ता बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दर्जीलाई लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया