प्रहरीकै मिलेमतोमा इन्धन तस्करी

इनेप्लिज २०७२ मंसिर २१ गते १२:१८ मा प्रकाशित

झापा, २१ मंसिर । झापाको पथरिया गाविस हुँदै दक्षिणी भारतीय सीमाबाट रातको समयमा प्रहरीको मिलेमतोमा अवैध रुपमा इन्धन भित्रिने गरेको रहस्य खुलेको छ । गएराति १२ः४० बजे सोहि गाविस हुँदै प्रहरीको स्कर्टिङमा २ वटा पिकअपमा डिजेल र पेट्रोल भित्र्याउने क्रममा कोचिला ग्राभुर फ्रन्टका कार्यकर्ताले नियन्त्रणमा लिएपछि सो रहस्य बाहिर आएको हो ।

पिकअपसँगै अघि–पछि रहेका प्रहरी हवल्दार रमेश कार्की र जवान गणेश कटुवालसहति ४ वटा बाईकले स्कर्टिङ गरि ल्याएको ४४ सय लिटर डिजेल र एक सय लिटर पेट्रोल बरामद गरिएको कोचिलाका खगेन राजवंशीले जानकारी दिनुभयो । फ्रन्टले केहि दिन अघिदेखि बारम्बार तेल तस्करी गरी भित्रिने गाडी र व्यक्तिलाई जिल्ला प्रहरीमा बुझाएपनि झापाका प्रहरी प्रवक्ता डीएसपी भीमबहादुर दहालको आदेशमा बिना कारबाही छोडिने गरेको बुझिएको छ ।

फ्रन्टले २ वटा पिकअप र प्रहरीको एक सहित तीन ओटा मोटरसाईकल प्रहरीलाई बुझाएको छ । फ्रन्टले हालसम्म १४ हजार लिटरभन्दा बढी अवैध तेल प्रहरीलाई बुझाईसकेको छ ।

प्रतिक्रिया