नेता, बुद्दिजीबि, र जनता

इनेप्लिज २०७२ मंसिर २१ गते ११:०८ मा प्रकाशित


bishwa ji

“एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छा भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको।”  – अब्राहम लिंकन

एकचोटि एकजना मान्छेले महात्मा गान्धीलाई आफ्नो सानो छोरालाई गुलियो कम खान भन्दिन आग्रह गरेछन। गान्धीजीले भोलि आउन भनेछन। भोलि छोरासँगै महात्मा गान्धीकोमा पुगेपछि गान्धीजीले सानो बालकलाई “गुलियो कम खानको फाइदा बताउँदै गुलियो कम खान” भनेछन। त्यति जाबो कुरा भन्न किन भोलि पर्खेको त भनेर ती मान्छेले जिज्ञासा राख्दा गान्धीजीले भनेछन, “हिजोसम्म मैले आफै चिनी धेरै खान्थे। आफैं गुलियो बढी खाँदै अरुलाई म कसरी गुलियो कम खान भन्न सक्छु र?” यो प्रेरक प्रसंगले एउटा असल नेतामा हुनु पर्ने मूल गुण देखाउँदछ। नेताहरु महात्मा गान्धी जस्तै हुन नसक्लान तर कमसेकम त्यो मार्गमा चल्न प्रयास त गर्न सक्छन। वास्तबमा “आफू पहिला उदाहरण नबनी” एउटा सच्चा नेता बन्न सकिन्न।

हाम्रो देश नेपालमा राजनीति र नेतालाई हेर्ने दृष्टिकोण एकदम नकारात्मक छ। राजनीति भनेपछी ‘फोहोरी खेल’ भनेर अधिकांश मानिस टाढै बस्छन। नेता भने पछि केही न केही (व्यक्तिगत) स्वार्थ बोकेको ‘चतुर’ मान्छे भनेर पढे लेखेका भलादमीहरु न आफू ‘नेता’ बन्न चाहन्छन न आफ्ना सन्ततिलाई बन्न प्रेरित गर्छन। अनी मनोविज्ञानमा भनेजस्तो “स्वयम् पुष्टी भविष्यवाणी” हुनजान्छ। असल र पढेलेखेकाहरु एकदमै कम नेता हुन जान्छन र देशको नेतृत्वमा भ्रष्ट नेताहरुको बाहुल्य भई देशले ठुलो दुर्गति भोग्नु पर्छ। आजको नेपालको मूल विडम्बना यहि हो।

एउटा असल नेतामा हुनै पर्ने म पाँचवटा गुण देख्छु – इमान्दारिता, निडरता, आदर्शता, बास्तविकता, र बौद्दिकता। यी सबै गुणले युक्त नेपालमा जहाँसम्म एउतै मात्र नेता जन्मेका छन्। ती हुन् वी.पी. कोइराला। बौद्दिकताको हिसाबले त उनी इतिहासमै संसारकै १०० नेताहरुमा पक्का पर्छन। आजका अधिकांश नेताहरुमा म माथिका पाँच मध्ये एउतै पनि गुण देख्दिन। बरु उल्टो पाँच गुण देख्दछु – अवसरवाद, अतिवाद, अराजकतावाद, गैरजिम्मेवारीपन, र भ्रष्टता । पहिला त विचारको राजनीतिगर्ने नेता आज कमै छन्। वैचारिक इमान्दारिताहराउँदै गैरहेको छ। नत्र आफूलाई सच्चा कम्युनिष्ट ठान्ने ‘माओबादी’ नेताहरुले ‘कम्युनिजम’को आधारभूत सिद्धान्तबिपरित ‘जातिय राज्य’ को नारा लगाउने थिएनन् होलान। दोश्रो, माओवादीले सत्ताको लागि रोपेको अतिवादले आज दशवटा टाउको उठाईराको छ। एकातिर जडमानसिकताले ग्रस्त चन्द र बैद्य माओबादी छन् भने अर्कातिर ‘जातीय’ र ‘साम्प्रदायिक’  जस्तो विचार भन्दा भावनाको निक्रिस्त राजनीति गर्ने मधेशवादी, लिम्बुवान, र थरुहट जस्ता पार्टीहरु छन्। आज यो अतिवादको राजनीतिले अराजकतावाद र गैरजिम्मेवारीपन को पराकाष्ठा नाघेको छ । आफ्नो निहित राजनीतिक स्वार्थको लागि अलिकति कम्प्रमाइजबाट सुल्झने कुरालाई परालको आगो बनाई पुरै देश र जनतालाई बन्धकी बनाउन उद्धत छन् केहि अतिवादी नेताहरु । जनताको मत र लोकतन्त्रको उपहास गर्दै एउटा ठूलो राष्ट्रको आशिर्वादमा देश र जनतालाई हदसम्म को अमानबिय संकटमा धकेलेका छन् । तेश्रो, केहि नेताहरु यस्ता छन् जो जान्दा जान्दै जनता र जनता छोरा छोरीको भविस्यमाथि खेलवाड गरिराका छन् । सके सरकारी स्कूलका बच्चाहरुलाई राम्रो पढाइको लागि पहल गर्नु नसके कमसेकम राम्रो संग पढ्न त दिनु । चन्द माओबादी मौका पर्ने बित्तिकै आफ्नो राजनीतिक बन्दमा ती सरकारी स्कूलमा पढ्ने गरिब जनताका छोरा छोरी लाई जबरजस्ती लग्छन। सरकार मुकदर्शक बन्दछ । यो त एउटा उदाहरण मात्र हो।

अनि, केहि यस्ता नेता छन् जसमाथि देश र जनताले आशा राखेको थियो  तर अन्तत एउतै घटनाले भनाइ र गराईमा ठूलो भिन्नता देखायो । आफ्नो पारिवारिक स्वार्थमा भूली मानव अधिकारको खोलमा एउटा अपराधीको राजनीतिक पक्षपोषण गरेर ती युवा नेताले हामी जस्ता युवा मात्र नभई सारा नेपाली जनताको आशा धरासायी बनाइदिए। त्यसैले एक ‘चतुर’ नेता हुनु एउटा कुरा हो भने एक सच्चा रूपमा ‘बौद्धिक’ नेता हुनु अर्को कुरो।  एक चलाख चुनाबी राजनीतिज्ञहुनु एउटा कुरो हो भने एलक कुशल दुरदर्शी राजनेताहुनु अर्को कुरो।

हाम्रो देशका अधिकांश बुद्दिजीबिमा म वैचारीक इमान्दारिताको कमि देख्दछु र केहीमा बैचारिक बिचलनको। सरकारको बढी आलोचना गर्ने अनी ‘गलत नियतवश’ राजनीतिक संकट निम्त्याउने आन्दोलनरत पार्टी र नेताहरुलाई थाहा हुँदा हुँदै खालि थमथमाउने काम मात्र गर्दा आन्दोलनकारी अतिवादी शक्तिलाई थप हौसला मिलेको देखिन्छ। सहीगलतके हो नछुट्याई एउटा निस्पक्छन्यायाधिश हुन तल्लिन छन् अधिकांश बुद्दिजीबिहरु। आलोचना’ त्यो पनि ‘सरकारलाई’ गर्न धेरै सजिलो छ, पहिला ‘माओबादी द्वन्दकाल’ मा पनि, अहिले ‘मधेश आन्दोलन’ मा पनि।  हो ‘सरकार’ र ‘सरकारमा’ रहेका प्रमुख पार्टीहरुका केहि  गल्ति छन् तर आन्दोलनकारी पार्टीका पनि केहि गम्भीर गल्ति हरु छन्।  तर, खालि ‘सहमति गर’ भन्ने अनी सहमति को उपाय केहि नासुझाउने (ताकि आफु चोखो बन्न सकियोस) बुद्दिजीबिहरु लाई खै के भन्ने। संघियताको सिमांकनमा मधेशी पार्टीहरुको माग सम्बोधन गर भन्न जति सजिलो छ, त्यो भन्दा हज्जारौ गुणा सिमांकन मिलाउन गारो छ। आजसम्म कुनै बुद्दिजीबिले कसरी सिमांकन गर्ने भनेर लेखेको मैले देखेको छैन। तेत्रा मधेशी जनताबाट निर्वाजित बहुमत मधेसी जनप्रतिनिधिहरुको अपमान गर्दै केहि २०% अतिवादी नेताहरुले आफ्नो निहित स्वार्थको लागि यो आन्दोलन थालेको थाहा हुँदा हुँदै केहि नबोल्ने बुद्दिजीबिहरु लाई मेरो भन्नु केहि छैन। मेरो भन्नु यति हो कि आलोचनागर्ने हो भने कसको के सहिर  के गलतत्यो बताउनु पर्यो। अनी खालि सहमति गर भन्ने मात्र हैन समाधान पनि सुझाउनु पर्यो। कुनै जात वा वर्ग वा सम्प्रदाय को निशानामा परिन्छ भनेर सत्य दबाउने काम नगरौं। बरु आफ्नो कलम दबाउनु बेस।

हामी नेपाली जनतामा शिक्ष्या र संस्कारमा ठुलो परिवर्तनको खाँचो छ। खालि पार्टी र नेतालाई मात्र गालि गर्ने अनी आफूचाँही त्यहि नेतासँग भनसुन गर्न हरदम तत्पर हुने प्रबित्ति जब सम्म रहनछ तब सम्म नयाँ नेपाल खोलमा जति नयाँ भए पनि भित्र पुरानै हुनेछ। नियम कानून को सम्मान छैन। हुन त यो समस्या नेताहरु बाटैसुरु हुन्छ तर जनताले पनि खालि नेतालाई मात्रै आलोचना गर्ने अनी आफु मौका परे नियम कानूनको उल्लङ्घन गर्न हरदम तत्पर हुने परिपाटीले देश कहिले माथि उठ्दैन। अनी, लोकतन्त्र, मानब अधिकार, र अर्काको गरि खान पाउने अधिकार को कुनै मतलब नराखी केहि अराजक नेताहरुको पछि लगेर बन्द हड्ताल गर्ने परिपाटीले हामी जहाँ को तेही हुने छौं। विधिको शासन को साटो अराजकता र निर्वाचनको साटो ‘बन्द हड्ताल’ बाट परे देश र जनतालाई नै बन्धकी बनाइ आफ्नो माग पुरा गर्ने एकदम नराम्रो संस्कार बस्दै छ नेपालमा । यसले नेपालको लोकतन्त्रमा एकदम नराम्रो दूरगामी प्रभाव पार्दछ । यसबाट जनता आफैले आफ्नो मतको शक्ति गुमाउदैछन । बिधि को शासनलाइ कम्जोर बनाउँने कम गर्दैछन । जब सम्म हामी नेताहरुको होमा होमिलाउने बन्दकर्ता जनता बाट सहीगलतछुट्याउने विवेकशील र उद्दमी नागरिक बन्न सक्दैनौ, तब सम्म नेपाल साँचो अर्थमा नयाँ नेपाल बन्न सक्दैन ।

[email protected]

प्रतिक्रिया