पाँच जुवाडे पक्राउ

इनेप्लिज २०७२ मंसिर २१ गते ४:५० मा प्रकाशित

juwaaतनहुँ, २१ मङ्सिर । जिल्ला प्रहरी कार्यालय तनहुँले जुवाको खालवाट जुवा खेल्ने पाँच जनासहित ३ लाख ८८ हजार ५० रुपैयाँ जफत गरेको छ ।
व्यासनगरपालिका वडा नं २ न्यूरोड स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्ने सहित सो रकम जफत गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा स्थानीय टुकवहादुर हमाल, प्रदीप पौडेल, हर्कवहादुर थापा, इमवहादुर सुनार र धु्रवराज न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी आइतवार जिल्ला अदालतमा जुवा ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो ।

अदालतले पक्राउ परेका पाँचै जनालाई थुनामा राख्न समेत आदेश दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई शनिवार साँझ पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया