शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:१६
वासिङटन डिसी 12:31

 डिसीमा सत्य स्वरुप सांगीतिक साँझ भव्यताको साथ सम्पन्न 

इनेप्लिज २०७२ मंसिर २१ गते ३:४४ मा प्रकाशित
IMG_5716
डिसी महानगर क्षेत्रको भर्जिनीयाको हर्नडनमा सत्य स्वरूप साङ्गीतिक साँझ भव्यताका साथ सम्पन्न भयो । डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदायको पहल तथा आयोजनामा सम्पन्न कार्यक्रममा सत्य स्वरूपसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l
 
उक्त सांगीतिक साँझ हेर्न बिभिन्न डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त सांगीतिक साँझ कार्यक्रममा स्थानीय कलाकारहरु ,अनुपमा प्रसाई ,नविन केसी ,लुना श्रेष्ठ ,खेम संग्रौला ,श्याम सुन्दर तथा सौजन संग्रौलाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए l
IMG_5729
सत्य राज आचार्यले दूई वटा आफ्ना पिता भक्त राज आचार्यका गित गाएका थिए भने डिसीको कार्यक्रम २७ औ भएको वताएका थिए । उन्ले अमेरीका २२ औ देसको यात्रा भएको जानकारी साथ आफ्ना पिताको नाममा भक्त राज आचार्य संगित प्रतिष्ठान को २०६६ मा स्थापना गरेको वताए । उक्त प्रतिष्ठानले कलाकारलाई सम्मान गर्ने गरेको वताए । दूवै दाजूभाईले गजल , युगल ,एकल तथा पिताका गीत गाएका थिए ।
IMG_5651
सुमधुर स्वरका धनी सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई आयोजकको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो l दर्सकले मन थाम्न नसके पछि दादूभाईको गीतमा मंच अगाडी दर्सक खूव नाचेका थिए । र अन्तिम गीत क्रिकेटलाई समर्पित गरेका थिए । आयोजकको तर्फवाट मंजू सग्रौलाले धन्यवाद दिएकी थिईन भने राजदूत डा अर्जून कूमार कार्कीले सत्य राज आचार्य तथा स्वरूप आचार्य पूरस्कार वितरण गर्नु भएको थियो ।अन्य कलाकारहरूलाई पनि राजदूतले सम्मान पत्र प्रदान गर्नू भएको थियो ।
IMG_5749 IMG_5746 IMG_5737 IMG_5736 IMG_5709 IMG_5719 IMG_5668 IMG_5664 IMG_5658 IMG_5655 IMG_5645 IMG_5634 IMG_5622 IMG_5620 IMG_5615 IMG_5605

 

प्रतिक्रिया