शुक्रबार, साउन १५ २०७८
काठमाडौं १२:०३
वासिङटन डिसी 02:18

अमेरिकाको नेपाली समाज को अध्यक्षमा विजय भट्टराई को उमेद्वारी

इनेप्लिज २०७२ मंसिर २१ गते २:३६ मा प्रकाशित

bijayनेपाली समाज टेक्सास (NST) अमेरिका को नवौ कार्यकारिणी समितिको निर्बाचनको अध्यक्ष पदको निमित्त वर्तमान महासचिब विजयराज भट्टराई ले उमेद्वारी दिएको जानकारी निर्वाचन कमिटि संयोजक बैकुण्ठ थापाले बताउनु भयो।

उमेदवारीको सन्दर्भमा जिज्ञासा राख्दा विजय भट्टराई ले ‘समुदायको हितका लागि गतिशील र सक्षम एनएसटि का निमित्त आफ्नो उमेद्वारी दिएको र मेरो यस अभियानमा समाजका सम्पूर्ण संघ, संस्था, व्यक्तिहरु, अग्रजहरुको सहयोग रहेको बताउनु भयो। उहाले भन्नु भयो – ‘म आग्रह गर्छु हिजो को कार्यसम्पादन को मुल्यांकन गर्दै भोलिका कार्यक्रम हेरेर निर्वाचित गर्नु होला।’

उहाले उमेद्वारी दिने क्रममा बोल्दै भन्नुभयो – पहिलो पुस्तालाई प्रबिधि र दोश्रो पुस्तालाई हाम्रा धर्म, संस्कृति, रितिरिवाज को समायोजन गर्ने आफ्नो एजेन्डा रहेको बताउनु भयो।

आफ्नै कार्य समितिको दुइ उपाध्यक्षहरु बाल जोशी उहाको प्रस्ताबक तथा यमुना भट्टराई समर्थक रहनु भएको छ। प्रस्ताबक तथा समर्थकले भट्टराई संग काम गर्दा समाजको निमित्त उहाले दिनु भएको योगदान र भिजनले नेपाली समाजलाई अगाडी बढाउन अझ मदत गर्ने बिश्वास का साथ् ४ बर्ष एउटै कमिटीमा रहेर काम गर्दा उहाको टिम संग काम गर्ने दक्षता को आधारमा प्रस्ताव तथा समर्थन गरेको बताउनु भयो।

आफ्ना समाजका प्रतिनिधि छान्न धेरै आतुर देखिए पनि $२० सदस्यता शुल्क ले गर्दा हाल सम्म धेरैले सदस्यता नलिएको जानकारी हिमालय खबरको सम्बाददाताले बुझेको छ। विध्यार्थीहरुको लागि भने $१० सदस्यता शुल्क तोकिएको छ। भट्टराई ले सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दै भन्नुभयो – सदस्यता लिनुस र सहि मान्छेलाई छनौट गर्नुस तपाईहरुको चाहना अनुसारको नेपाली समाज अघि बढनेछ।

बिधानत कमिटि मा अध्यक्ष – १, उपाध्यक्ष – १ , महासचिब – १, उपमहासचिब – १, कोषाध्यक्ष – १ , सहकोषाध्यक्ष – १, युवा /महिला/आइटि संयोजक – १ पधादिकारी तथा ६ सदस्य गरि १५ जनाको कमिटि रहेको छ ।

यस अघि २१ सदस्यीय कमिटिका का सदस्य का लागि चुनाब गरि त्यसबाट पुन पदाधिकारी छान्ने प्रक्रिया रहे पनि त्यसमा धेरैको असहमति हुँदा हालै पूर्ब अध्यक्ष गौरी राज जोशीको संयोजकत्वमा भएको बिधान संसोधन कमिटीले प्रत्यक्ष निर्वाचन को निमित्त बिधान परिवर्तन गरि साधारण सभाले गत अगस्ट मा पास गरेको थियो।

2

प्रतिक्रिया