बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:४८
वासिङटन डिसी 17:03

आइएसका १३ लडाकू मारिए

इनेप्लिज २०७२ मंसिर २० गते १४:३० मा प्रकाशित

isis_21014बग्दाद, २० मङ्सिर । इराकको द्वन्द्वग्रस्त अन्बर प्रान्तमा इस्लामिक अतिवादी समूह, आइएस विरुद्धको कारबाहीका क्रममा १३ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।

गएका केही हप्तादेखि इराकमा आइएसमाथि इराकी सुरक्षाकर्मीहरुले स्थलगत र हवाई कारबाही गरिरहेका छन् । आइएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरुले आइतबार सो कारबाही गरेका समाचारमा जनाइएको छ ।

आइतबारको सो कारबाहीमा ती लडाकू मारिएका र अरु कैयौँ घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो ।

सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् । स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो समाचारमा जनाइएको छ ।

रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरु लुकेर बस्ने गरेको भन्दै यसअघि पनि सेनाले कारबाही गरेको थियो । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।

सो बमबारीमा परी कम्तीमा पनि १३ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ ।
त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा पनि केही लडाकू मारिएका बताइएको छ । तर पनि ती लडाकूको बारेमा भने के कति सङ्ख्यामा छन् भन्ने केही बताइएको छैन ।

त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया