परराष्ट्र विज्ञमा खनाल नियुक्त

इनेप्लिज २०७२ मंसिर २० गते १२:१६ मा प्रकाशित

gopal-khanalकाठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला विज्ञमा पत्रकार गोपाल खनाल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले खनाललाई विशिष्ट श्रेणी सरहको सुविधा पाउने गरी नियुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभएका खनाल फोरियनएफेएर्स डट कमका सम्पादक र चक्रपथ डट कमका सल्लाहकार सम्पादक हुनहुन्थ्यो ।

कूटनीतिक मामिलामा कलम चलाउँदै आउनुभएका खनालले केही समय भारतमा रहेर पनि पत्रकारिता गर्नुभएको थियो ।

महारानी जोदा–३ झापामा जन्मेका खनालले पत्रकारिता, अङ्ग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

प्रतिक्रिया