शिक्षाको मापन पोसाक वा शुल्कका आधारमा हुनुहुँदैनः प्रम

इनेप्लिज २०७२ मंसिर २० गते १२:१० मा प्रकाशित

KP-Oliबनेपा, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्नका लागि पढेको मात्रै नभएर मुलुकको समस्या समाधान गर्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालय(केयु) धुलिखेलको एक्काइसौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयको शिक्षाको मापन पोसाक वा शुल्कका आधारमा हुन नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयबाट उत्पादित जनशक्ति गुणवान् हुनुपर्नेमा जोड दिनुभयो ।
सिउल नेसनल युनिभर्सिटीका प्रा सङ नाक इनले दीक्षित विद्यार्थीलाई आत्मीयतासहितको नेता बन्न तथा समर्पण र स्वयम्सेवी भावना लिएर काम गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजुले अहिलेको सक्रिय पुस्ता लज्जास्पद अवस्थामा रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा स्नातक तहमा एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस, बिपिटीसहित पाँच विधामा तथा स्नातकोत्तर तहमा एमडी एमएस, एमएस्सी, डिएम, एमसिएचका दुई विधा गरी आठ विधाका स्नातक दीक्षित भएका छन् ।

दीक्षित भएकामा एक हजार २४४ छन् त्यसमध्ये छात्र ५५३, छात्रा ६९१ । तिनमा विदेशी विद्यार्थी एक सय छन् । सन् २०१५ सम्ममा केयुबाट नौ हजार ५७० मेडिकल ग्राजुएट उत्पादन भएका छन् । तीमध्ये सात हजार ५६५ एमबिबिएस, ६३९ बिएस्सी नर्सिङ, १०५बिएनएस, ९९ बिडीएस, १३विपिटी र एक हजार २४९ पिजी तहका छन् ।

प्रतिक्रिया