शनिबार, साउन ९ २०७८
काठमाडौं २३:२९
वासिङटन डिसी 13:44

अमेरिकाको सानफ्रान्सिस्कोमा नाकाबन्दी विरुद्ध विशाल प्रदर्शन

इनेप्लिज २०७२ मंसिर २० गते ५:५० मा प्रकाशित

6 क्यालिफोर्निया, ५ डिसेम्बर । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को सहरमा ४ डिसेम्बर २०१५ मा प्रवासी नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् । सयौँको सङ्ख्यामा उपस्थिति प्रवासी नेपालीहरूको रयाली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार परिक्रमा गरेर पुन: सोही स्थानमा आएर संभामा बिसर्जन भएको थियो ।

14

प्रदर्शनमा सहभागीहरुले ‘DON’T TRADE ON ME’, INDIA STOP DECTATING NEPAL, OUR CONSTITUTION IS THE BEST, SAY NO TO NEIGHBOURHOOD BULLEY, DON’T CRIPPLE EARTHQUAKE SHATTERED NEPAL, MODI,AMEND YOUR OWN CONSTITUTION IF YOU LIKE, ALLOW US TO DO OURS WITHOUT YOUR INTERFERENCE’ जस्ता प्लेकार्ड, ब्यानर तथा नेपाली र अमेरिकी झण्डा बोक्दै भारतीय नाकाबन्दीको विरुद्ध नाराबाजी गर्दै शान्तिपूर्ण रूपमा सहर पारिक्रमा गरेका थिए । सभामा लस एन्जल्स निवासी गोकुल पौडेलले कविता वाचन गर्नु भएको थियो भने भारतीय कन्सुलेटमा बुझाउने ज्ञापनपत्र मनि पनेरु नेपालीले पढेर सुनाउनु भएको थियो ।

11 आज समयाभावको कारणले सोमबार भारतीय कन्सुलेट कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम संयोजक तथा एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाले जानकारी गराउनु भयो ।

11
कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि पूर्ण चन्द्र बानिया संयोजक, मणी नेपाली पनेरु- सदस्य सचिव, ईश्वर सिटौला- अर्थ संयोजक, उत्तम कार्की- प्रचार संयोजक, पब्लिक रिलेसन संयोजक-पूर्ण शेर्पा र नारायण खनाल, सुरेन्द्र मल्ल- लजिस्टिक संयोजक, गोपाल शाह, यज्ञ नेपाल र डा. आमोद पोखरेल- ज्ञापन पत्र तयारी संयोजक, सर्बज्ञ वाग्ले-सञ्चार संयोजक, राज कुमार गुरुङ, प्रकाश लामा, बिन्दु सापकोटा र हर्क राई-सास्कृतिक संयोजक, राम बाबु पाण्डे र शारदा श्रेष्ठ दक्षिण क्यालिफोर्निया संयोजक, सुरेन्द्र अधिकारी र टिकाराम सुबेदी- पूर्वी क्यालिफोर्निया संयोजक, बलराम पाण्डे, भरत शर्मा र पुरुशोत्तम अधिकारी- साउथ बे संयोजक, तेज लिम्बु र नुरेन बराल- इस्ट बे संयोजक, गीता श्रेष्ठ र लक्षमी खरेल-महिला परिचालन सयोजक, युबराज भट्ट, निर्मल श्रेष्ठ, प्रदिप पाण्डेय र कृष्ण राज गिरी लाई स्वयम सेवकको जिम्मेवारी प्रदान गर्ने गरी एक तयारी समिति तथा चन्द्र धिताल, घन प्रसाद दवाडी, डिकेन्द्र मास्के, इंदिरा त्रिपाठी, कैलाश थापा, उमा थापा, भुबन खडका र गोविन्द शाही रहेको सल्लाहकार समितिको जिम्मेवारी बाडफाड गरी व्यवस्थित रूपमा सञ्चालन भएको थियो ।
क्यालिफोर्नियामा क्रियाशील नेपाली सङ्घ-संस्थाहरूले संयुक्तरुपमा गरेको कार्यक्रममा टाढा टाढा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो ।

8

प्रतिक्रिया