किसानलाई माटो परीक्षण गराउन आग्रह

इनेप्लिज २०७२ मंसिर २० गते ४:४४ मा प्रकाशित

images9जुम्ला, २० मङ्सिर । जिल्ला कृषि विकास कार्यालय जुम्लाले जिल्लाका सम्पूर्ण किसानलाई माटो परीक्षण गराउन आग्रह गरेको छ ।

माटोको नमुना सङ्कलन गरी त्यसको उर्वराशक्ति पत्ता लगाउने र त्यसको जानकारी उनीहरुलाई दिन कृषि कार्यालयले सो आग्रह गरेको हो ।

व्यावसायिक किसानको कृषि पेसालाई आत्मनिर्भर तथा निर्यातमुखी उत्पादनमा वृद्धि गराउने हेतुले किसानको माटो परीक्षण गर्न थालिएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिनुभयो । उनीहरुले परीक्षणका लागि आधा केजी माटो ल्याउने छन् । यही मङ्सिर १९ देखि २५ गतेसम्म उनीहरुले कृषि कार्यालयमा माटो ल्याउनु पर्नेछ ।

त्यसका लागि किसानले स्याउको खाडल खन्दा एक मिटर गहिरो तीन खण्डको नमुना माटो ल्याउनुपर्नेछ । त्यसैगरी, सिमी कोदो, गहुँ जौ, फापरलगायतका बाली र तरकारी उत्पादन गर्ने जमिनको माटो सतहदेखि ३० सेन्टिमिटर गहिराइको ल्याउने जानकारी गराइएको छ ।

कृषि कार्यालय, जुम्लाले माटोको जाँचपश्चात् किसान स्वयम्लाई नै प्राविधिक ज्ञान दिलाएर स्याउ तथा अन्य अन्नबाली र तरकारी लगाउन निर्देशन गर्ने कृषि अधिकृत महतले बताउनुभयो ।

प्रतिक्रिया