सौजन्यको अध्यक्षमा पुनः बिनोद रेग्मी

इनेप्लिज २०७२ मंसिर १९ गते १५:४५ मा प्रकाशित

saujanya1रत्ननगर १९ मंसिर
पूर्वी चितवनको रत्ननगर नगरपालिका ८, बगैचा टोलमा रहेको सौजन्य वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बिनोद रेग्मी चयन भएका छन् । संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट उपाध्यक्षमा धर्मध्वज लम्साल, सचिव लिलानाथ अर्याल र कोषाध्यक्षमा श्याम बाबु तिमल्सीना चयन भएका हुन् । संस्थाको आज भएको अधिवेशनले सदस्यहरुमा राधा कुमारी रायमाझी, सुनिता श्रेष्ठ, कमल बहादुर घिमिरे, शारदा गुरुङ्ग, अनिता अर्याल, लेखासमिति संयोजक बाबुराम गौतम र सदस्यहरु मोहन प्रसाद पाण्डे र गिरीराज के.सी. चयन भएका छन् ।

saujanya2संस्थाको वार्षिक साधारण सभाको अवसरमा लेखा संयोजक शिशिर सिंखडाले लेखा प्रतिवेदन तथा अध्यक्ष बिनोद रेग्मीले संस्थाको आगामी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका प्रतिनिधि मिस्टर बाबु घिमिरे, शेयर सदस्य श्यामन्तक मणी लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामा भएको थियो ।

पूर्वी चितवन निर्माण सेवा संघको साधारण सभा

रत्ननगर १९ मंसिर
पूर्वी चितवनको कालिका नगरपालिका ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघ खोलेसिमलको छैटौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञान बहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक बृख बहादुर मगर रहेका थिए । कार्यक्रममा निर्माण क्षेत्रमा संलग्न महिला चन्द्रकुमारी मोक्तान, रघुनथिया चौधरी, मिना महतो त्यसैगरी अपाङ्गता भएका राजकुमार वि.क., मिन बहादुर वि.क. र ज्येष्ठ नागरिक बृख बहादुर मगरलाई सम्मान गरिएको संस्थाका सह–कोषाध्यक्ष प्रताप सिंह घलानले जानकारी दिए ।

saujanya5

सो साधारण सभामा सचिव कृष्ण प्रसाद दुलालले प्रगति प्रतिवेदन र लेखा संयोजक हेम प्रसाद पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष उत्तम घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चितवन निर्माण सेवा संघका अध्यक्ष विष्णु महर्जन, भरतपुर भवन निर्माण व्यवसायी समितिका अध्यक्ष मदन पासवान, चितवन स्वरोजगार निर्माण संघका अध्यक्ष सुक बहादुर मिजार, स्वतन्त्र श्रमिक निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष सन्त बहादुर राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

saujanya6

प्रतिक्रिया