आइतबार, साउन १० २०७८
काठमाडौं १७:५२
वासिङटन डिसी 08:07

जब पाकिस्तानले भारतमाथि परमाणु बम हमलाको तयारी गर्‍यो…

इनेप्लिज २०७२ मंसिर १८ गते १:५४ मा प्रकाशित

Bomb-Parmnu-1

काठमाडौं, १८ मंसिर । अहिले पनि भारत र पाकिस्तानको सम्बन्ध राम्रो छैन् । तर, विगतमा अहिलेको भन्दा झन विग्रिएको सम्बन्ध भारत–पाकबीच रहेको पाईन्छ । त्यसलाई यो घटनाले देखाउँछ ।

सन् १९९९ मा भारत–पाकिस्तानबीच भएको कारगिल युद्धमा पाकिस्तान भारतमाथि परमाणु बमबाट हमला गर्ने तयारीमा थियो । यो कुराको जानकारी जानकारी अमेरिकाको खुफिया एजेन्सीले तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई दिएको थियो । यो कुराको खुलासा बुधवार राष्ट्रपति कार्यालय व्हाइट हाऊसका एक वरिष्ठ अधिकारीले गरेका छन् । भारत–पाकिस्तान बीच भएको कारगिल युद्धमा दुबै देशका हजारौ सुरक्षाकर्मी मारिएका थिए ।

व्हाइट हाऊसका एक वरिष्ठ अधिकारीका अनुसार खुफिया एजेन्सी सीआईले एक गोपनीय बैठकको बेला ४ जुलाई, १९९९ मा अमेरिकाका राष्ट्रपति बिल क्लिन्टनलाई यो तब बताएको थियो जब राष्ट्रपति क्लिन्टन पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफलाई भेट्न जाँदैथिए ।

यो युद्धमा पाकिस्तानी सेना केही कमजोर थियो । र पटक पटक हार पनि व्यहोरेको थियो । त्यो समयका सेना प्रमुख जनरल परवेज मुर्शरफले पनि आलोचना खेप्नुपरेको थियो । यहीबेला पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई अमेरिका बोलाएर दुबै देशबीच चलिरहेको युद्ध रोक्न राष्ट्रपति क्लिन्टनले आग्रह गरेका थिए ।

४ जुलाई १९९९ को विहानै गुप्तचर संस्था सीआईएले पाकिस्तानबाट भइरहेको परमाणु हमला तयारीको जानकारी अमेरिकालाई गराएको थियो । त्यही दिन राति पाकिस्तानले भारतमाथि हमला गर्ने अन्तिम तयारी गरेको थियो ।

सीआईएले पठाएको खबरको पुष्टि भएपछि ह्वाईट हाउसको ओवल अफिसमा तनाव बढेको थियो । त्यो बेला नेशनल सिक्योरिटी काउन्सिलमा ब्रूस रिडले तैनात थिए । त्यो समयमा सैण्डी जोकि अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार थिए । उनले राष्ट्रपति क्लिनटनलाई पाकिस्तानी प्रधानमन्त्री शरीफलाई बोलाएर समस्या विना शर्त समाधान गर्न आग्रह गर्न सुझाव दिए ।

सैण्डीको सुझावपछि अमेरिकी राष्ट्रपति क्लिन्टनले पाकिस्तानी प्रधानमन्त्री शरीफसँग वार्ता गरेर रोक्न लगाए । र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानी सेनालाई फिर्ता गरे । यसरी भारत पाकिस्तानको परमाणु बम हमलाबाट बचेको थियो ।

यदि पाकिस्तानले परमाणु बम हमला गरेको भए भारतमा जनधनको धेरै क्षति हुन्थ्यो । त्यो बेला भारतभन्दा पाकिस्तानसँग आधुनिक हातहतियार रहेको बताईन्छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया