शनिबार, साउन ९ २०७८
काठमाडौं २१:१२
वासिङटन डिसी 11:27

अमेरिका बोलाएका श्रीमान्लेनै धोका दिए पछि (म्युजिक भिडियो सहित )

इनेप्लिज २०७२ मंसिर १७ गते २३:३६ मा प्रकाशित

न्यूयोर्क, अमेरिकामा रहेका नेपालीको पारिवारीक माया प्रेमका बारेमा म्युजिक भिडियो तयार पारिएको छ । चर्चित लोक गायक बिमल डांगीको शब्द र लय तथा श्रीयसी चेम्जोगंको स्वर रहेको सधै तिमीलाई भन्ने गितलाई अमेरिकामा रहेका एक परिवारको सत्य घटनालाई आधार मानेर म्युजिक भिडियो तयार पारिएको छ ।

बिन्दबासीनी म्युजिकको प्रस्तुती रहेको सधै तिमीलाई चर्चित युवा निर्देशक शुरेस दर्पण पोखरेलले कथानक म्युजिक भिडियो तयार पारेका हुन् । पत्रकार सूर्य थापा, सरिता डांगी र ईत्ना कार्कीको अभिनय, शम्भु मोक्तानको छायांकन र भरत रेग्मीको सम्पादन  रहेको गित न्यूयोर्कको बिभिन्न स्थानमा छांयाकन गरिएको थियो ।

म्युजिक भिडियोमा श्रीमतीले अमेरिकामा आएर दुख गरि कागज बनाएर श्रीमतीले बोलाउछिन् तर श्रीमान् केहि महिना पछि श्रीमतीको मायालाई लात हान्दै अर्कै तर्फ लागेको देखिन्छ । आफुहरुले सत्य घटनामा आधारीत भिडियो मार्फत सकारात्मक सन्देश प्रवाह गर्न खोजेको निर्देशक पोखरेलको भनाई छ ।

हेर्नुहोस्  भिडियो :

प्रतिक्रिया