शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:४९
वासिङटन डिसी 12:04

अमानवीय नाकाबन्दी बिरुद्द क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा बिशाल प्रदर्शन हुने

इनेप्लिज २०७२ मंसिर १५ गते ११:२८ मा प्रकाशित

IMG_0017

२८ नोभेम्वर २०१५ शनिवार एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण वानियाको सँयोजकत्वमा वसेको कन्फ्रेन्स कलमा, नेपाल जन सम्पर्क समिति N. CA, एनएजीसी,वाना, NANC,सन्नी सगरमाथा,नेपाल अमेरिका एकता समाज LA, ,पशुपती फ़ाउन्डेशन LA,,नेको फाउन्डेशन, NCतमु समाज,तामागं सोसाइटी, NAFCA, क्रिएटिभ नेपाल युथ अर्ग नाईजेशन,नेप्लिज सोसाईटी अफ क्यालिफोर्निया,नेवा ऑर्गनाइज़ेशन लगायतको संयुक्त तत्वावधानमा भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा डिसेम्वर ४ तारिख शुक्रवारका दिन विशाल विरोध कार्यक्रम गर्न सम्पूर्ण तयारी पुरा गरेको छ। । स्मरण रहोस् गत शनिवार नभेम्बर २२ मा एन आरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्षको सँयोजकत्वमा भएको कन्फ्रेन्स कल मार्फत एन डब्लु जि एन CA, लुम्बिनी कपिलबस्तु शान्ती अभियान, जनजाती महासंघ क्यालिफोर्निया च्याप्टर लगायत क्षेत्रका प्रभावशाली संघ सस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुसँग उक्त कार्यक्रम बारे व्यापक छलफल भई आगामी डिसेम्बर ४, २०१५मा सान फ्रान्सिस्कोमा बिरोधप्रदर्शन गर्ने निर्णय् भएको थियो । सहभागि संघ सस्था लगायत यस्क्षेत्रमा रहेका महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थितिमा एक औपचारिक आयोजकसमिती बनाउन आव्हान गर्दै एन आरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाले यो कार्यक्रमको आयोजक कुनै एक सस्थाको मात्र नेत्रित्वमा नभै क्यालिफोर्निया भरिकासंघ सस्था लगायत सम्पूर्ण स्वाभिमानी नेपालीहरुको कार्यक्रम भएको बताउनुभएको छ।

नेपालको संबिधान २०७२ लाई झन्डै ९०% प्रतिसत बहुमत बाट पारीत भएर घोषणा भए सङै भारतको ठाडो हस्तक्षेपशुरु भयो । स्मरणरहोस, घोषणा गर्ने मिति तय भए पछी भारतका प्रधान मन्त्री नरेन्द्र मोदीका बिशेष दूत एस. जयशंकर नेपाल आई नेपालका प्रमुख राजनैतिक पार्टिकानेताहरुलाई हप्काएको समाचार ताजै छ । तै पनि नेपालीहरुले त्यों समय अभूतपूर्व एकता प्रदर्शन गर्दै सम्बिधान घोषणा गरीछाडे । तत्पश्चात सुरु भयो भारतीय हस्तक्षेपको नाङो नाच।

गत अप्रिल २५ र मे १२ को बिनासकारी भुकम्पले जर्जर भएको नेपाल माथि बिना कुनै कारण नाकाबन्दी थोपर्छ अनन्य मित्र भनाउँदो भारत । तसर्थ उक्त नाकाबन्दिले नेपाली जनतालाई यतीआहत बनाएको छ कि चाहेर पनि योघाऊको खाटा बस्न बर्षौं लाग्न सक्छ । नाकाबन्दीको कारणले बालबालिकाहरु शिक्षाको न्यानो घामबाट बन्चितछन, बिरामीहरु औषधी बिना मरिरहेकाछन, तराई र मधेशका निर्दोष जनतालाई मार्ने पनि भारतीय नाकाबन्दीनै हो। यसरी दुई देश वीचको सदियौँ देखी बसेको जनस्तरको मित्रतालाई अमिलो मात्रहोइन सहनै नसकिने तितोपन घोलेको छ मोदी सरकारले।

यस्तो समवेदनशिल घडीमा प्रतेक स्वाभिमानी नेपालीहरु जुर्मुराउनु स्वभाविक हो, जायज हो। तसर्थ संसारभरी भईरहेको सो अमानवीय नाकाबन्दीको बिरोध कार्यक्रम प्रसंशनीय छ। यसै क्रममा सान प्रान्सिस्कोमा पनि एक बिरोध कार्यक्रम गर्नु पर्ने प्रस्ताव नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्निया NANC ले गरेकोमा पश्चिम अमेरिका नेपाली महासंघ WANAका अध्यक्ष उत्तम कार्किको सकृयतामा NRN California, WANA, NANC, NAGC लगायतका सस्थाहरुले यसलाई अझै थप गृहकार्य गरी बढी सहभागिता जुटाउन गरेको पहल स्वरुप क्यालिफोर्निया भरिका सस्थाहरु एक जुट भई बिरोध कार्यक्रमको तयारी हुनसकेको एक विश्वस्त सुत्रले बतायो। कार्यक्रमलाई चुस्त, साहभागिता मुलक तथा थप प्रभावकारी बनाउन बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई निम्न जिम्बेवारी दिएको छ ।
कार्यक्रम सँयोजक -पूर्ण चन्द्र बानिया–NRN California
सदस्य सचिव -मणी नेपाली पनेरु -NAGC
कोषाधक्ष- इश्वर सिटौला -NANC
प्रचार सँयोजक -उत्तम कार्की -WANA
पब्लिक रिलेसन सँयोजक – नारायणखनाल-NPRCA
मिडिया सँयोजक -सर्बज्ञ वाग्ले/ मणीनेपाली पनेरु
सास्कृतिक सँयोजक- राज कुमार गुरुङतथा प्रकाश लामा
दक्षिण क्यालिफोर्निया सँयोजक -शारदा श्रेष्ठ तथा राम बाबु पाण्डे
पूर्वी क्यालिफोर्निया सँयोजक -सुरेन्द्रअधिकारी तथा टिकाराम सुबेदी
साउथ बे सँयोजक- सनी सगरमाथासमाज
इस्ट बे सँयोजक -कृयाटिभ नेपाल युथ अर्गनाइजेसन
स्वयमसेवक परिचाल्न संवन्धि जिम्मादिईएको छ ।

प्रतिक्रिया