आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:१५
वासिङटन डिसी 20:30

न्युयोर्कमा नेजा नाईट भव्यताकासाथ सम्पन्न

इनेप्लिज २०७२ मंसिर १५ गते १०:५७ मा प्रकाशित

DSC03408
न्युयोर्क, नेपाल अमेरिका पत्रकार संघ, नेजाले यहि नोभेम्वर २९ तारिख आईतवार आयोजना गरेको नेजा नाईट ऐतिहासिक र भव्यरुपमा सम्पन्न भएको छ ।

DSC03384
राष्टका ख्यातिप्राप्त कलाकारहरु महानायक राजेश हमाल, सफल नायक दिलीप रायमाझी, चर्चित हास्य कलाकार मनोज गजुरेल, चर्चित गायकहरु गायकद्धय यम वराल र कर्मा शेर्पा र एउटा खुट्टाको सहाराले आफ्नो कुशल नृत्य प्रस्तुत गर्ने रश्मि खरेलले एकै ठाउमा जम्मा भई आफ्ना रोचक र घोचक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

DSC03356
नेजा कल्याणकारी कोष स्थापनार्थ गत वर्षदेखी आयोजना गरिदै आएको नेजा नाईटलाई यसपटक नेजा नाईट टु भनेर नाम दिईएको थियो । महावाणिज्य दुतावास न्युयोर्कका महावाणिज्यदुत नारायण प्रसाद मैनालीको प्रमुख आथित्यमा न्युयोर्क स्थित गुल्शान टेरेसमा आयोजित यस पटकको नेजा नाईटमा भर्खरै सम्पन्न एनआरएन निर्वाचनमा विजयी उत्तर अमेरिकाका क्षेत्रिय संयोजक सोनाम लामा र न्युयोर्क स्थित नेपाली कलाकारहरुको साझा संस्था नेपाल अमेरिकन आर्टिष्ट एशोसिएसनका नवनिर्वाचित अध्यक्ष गायक सुमन वुढामगरलाई वधाई तथा सुभकामना प्रदान गरिएको थियो ।

DSC03363
कार्यक्रममा विशेष अतिथीको रुपमा रहेका एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, महावाणिज्य दुतावासका कृष्ण सुवेदी, प्रविण भट्टराई, जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, वरिष्ठ कानून व्यवसायीहरु खगेन्द्र क्षेत्री, विनोद रोका, दुर्गा भुर्तेल, रमेश श्रेष्ठ, साहित्यकार गिता खत्री, एनआरएन एवं नागरिक अगुवाहरु मोहन वहादुर ज्ञवाली, विष्णु सुवेदी, मुनेन्द्र नेम्वाड, लुईसाड वाईवा, वेद खरेल, रविकिरण कोईराला लगायत करिव एकहजार दर्शकहरुको उपश्थिति रहेको थियो ।
नेपाली मिडियाकर्मीहरुको वाक्लै उपश्थिती रहेको नेजा नाईटमा हास्य कलाकार गजुरेलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वनेर गरिएको प्रहषण हेर्न शिख समुदायका अमेरिकाका चर्चित शिख नेता डा अमरजित सिंहको एक समुह र सम्वन्धित समुदायद्धारा सन्चालित टिभी ८४ मिडियाको पनि उपश्थिति रहेको थियो ।

DSC03318
नेपालका सर्वाधिक चर्चा र लोकप्रियता कमाएका विभिन्न विधाका कलाकारहरुलाई एकैठाउमा जम्मा गरेर नेजाले साँस्कृतिक कार्यक्रम गर्नु आफैमा महत्पुर्ण भएकोको वताउदै नेजा कल्याणकारी कोषबाट पत्रकारहरुमात्र लाभान्वित नभई यस कार्यक्रमले नेपाली कला क्षेत्रको ठूलो सम्मान पुर्याउन ठूलो मद्दत पुग्ने कार्यक्रमका प्रमुख अथिती समेत रहेका महावाणिज्यदुत मैनालीले वताए ।

DSC03249
नेपाली गीत संगित कला साँस्कृतिको नेपालमा घटना दुर्घटनामा पर्ने पत्रकारहरुको सहयोग एवं शिपमुलक तालिम लगायतका विषयहरुमा नेपाल स्थित पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघमार्फत सहकार्य गर्दै आएको नेजाले यसवाट संकलित रकम नेपाली पत्रकार र पत्रकारिताको हितमा खर्च गरिने नेजाका महासचिवसमेत रहेका कार्यक्रमका संयोजक भोला आचार्यले वताए । सर्वाधिक लोकप्रिय कलाकारहरुलाई एकै ठाउमा जम्मा गरि कार्यक्रम गर्नु र दर्शकहरुको उल्लेख्य उपश्थितिले कार्यक्रम भव्य भएको उनले वताए ।

DSC03222
त्यसैगरी कार्यक्रमका सभापतिसमेत रहेका निर्वतमान अध्यक्ष एवं सल्लाहकार आडछिरिड शेर्पाले नेजा नाईटबाट पत्रकारहरुमात्र लाभान्वित नभएर कलाकारहरु पनि लाभान्वित भैरहेको वताउदै यसले नेपाली पत्रकारिता र कलाकारिता दुवै क्षेत्रको व्यवसायिकतामा महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

DSC03200
कार्यक्रममा महानायक राजेश हमालले आफ्नै चलचित्रको गीतमा तृत्य प्रस्तुत गरेका थिए जसमा डान्सर वसन्ति राईले साथ दिएकी थिईन् । त्यसैगरि अर्का नायक दिलीप रायमाझी र शिला शेर्पाको तृत्यले दर्शकलाई निकै भरपुर मनोरन्जन दिएको थियो । हास्य कलाकार मनोज गजुरेलको मोदी र लालवावु पण्डितप्रतिको व्यडग्यात्मक प्रस्तुतीले दर्शकहरुलाई मनोरन्जन मात्र दिएन यसबाट नेपालको यथार्थ चित्र बुझ्ने कुरामा मद्दत पुर्यायो । त्यसैगरि नारायण गोपाल पछाडीको पुस्ताको झझल्को दिने लोकप्रिय गायक यम वरालले गीत गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गरे । त्यस्तै अर्का युवा गायक कर्मा शेर्पाले हिन्द तथा नेपाली गीतहरु प्रस्तुत गरेर दर्शकहरु तताएका थिए । कार्यक्रममा नृत्य निर्देशक विजय नकर्मीले निर्देशन गरेको स्थानिय कलाकारहरुको नृत्यले सवैको मन छोएको थियो । भर्खरै अमेरिका पुगेकी नव गायिका पुजा न्यौपानेले पनि दर्शकलाई एकछिन तताएकी थिईन् । पवनकलीका नामले चिनिने चर्चित टिभी प्रस्तोता माम्पी घोष र टिभी पत्रकार अनुज थापाले सन्चालन गरेको नेजा नाईट कार्यक्रममा सहभागी कलाकारहरुलाई अन्तिममा सम्मान गरिएको थियो ।

प्रतिक्रिया