झापाली अञ्जली उत्कृष्ट १२ मा

इनेप्लिज २०७२ मंसिर १५ गते १०:५० मा प्रकाशित

Captureझापा बुधबारे–७ की अञ्जली माझी हिमालय टेलिभिजन प्रसारण भइरहेको राष्ट्रियस्तरको एकल नृत्य प्रतियोगिता लेट मि डान्स नेपाल रियालिटी शोको उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । सर्वाधिक भोटसहित उनी उत्कृष्ट १२ मा परेकी हुन् । सानैदेखि नृत्यमा रुचि राख्ने उनी झापा बिर्तामोडमा भएको अडिसन राउन्डबाट छानिएकी हुन् ।

उनी नेपालभरका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १२ मा पर्न सफल भएकी हुन् । झापा एपीएस डान्स स्टार र पूर्वाञ्चल एकल नृत्य डान्स स्टारको उपाधि जित्न सफल उनी नेपालकै डान्स स्टार बन्न यो प्रतियोगितामा सहभागी भएको बताउँछिन् ।

बिर्तामोडको प्रोभिडेन्स कलेजकी विद्यार्थी रहेकी उनले युनिक कला केन्द्र चारआलीमा सुरुवाती नृत्य प्रशिक्षण लिएको उनका बुबा लोकबहादुर माझीले बताए । प्रतिभाशाली नृत्याङ्गना माझीले भोट गरी आफूलाई विजयी बनाइदिन नृत्यप्रेमीहरुमा अपिल गरेकी छिन् ।

उनले भनिन्, ‘तपाईंको एक भोटले मेरो प्रतिभाले ठूलो मौका पाउन सक्नेछ ।’ यसअघि आफूलाई भोट गरी सर्वाधिक भोट दिलाएकोमा उनले सम्पूर्ण भोटकर्तालाई धन्यवाद दिएकी छिन् । उनले भनिन्, ‘निरन्तर भोट गरी विजयी बनाउन सहयोग गर्नु हुन म सम्पूर्ण नृत्यप्रेमीलाई हार्दिक अनुरोध गर्दछु ।

उनलाई भोट गर्न LMD <space> 11 type u/‌L 3001 df Massage सेन्ड गर्न सकिनेछ । साथै, अनलाइन मार्फत् पनि भोट गर्न सकिनेछ । अनलाइन भोटिङका लागि यो लिंकबाट जान सकिनेछ: Click here for voting । सो रियालिटी शो हिमालय टेलिभिजनबाट शनिबार राति ८ः०५ बजे र आइतबार बिहान ११ बजे प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया