ट्रकमा आगजनी

इनेप्लिज २०७२ मंसिर १३ गते ९:४६ मा प्रकाशित

Rss_Images_1447405140250_BM-Birgunj-truckरौतहट, १३ मङ्सिर । चन्द्रपुर नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको पौराई जङ्गलमा अज्ञात समूहले आज बिहान एउटा मालवाहक ट्रकमा आगजनी गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सुनसरी जिल्लाबाट काठमाडौँ जानका लागि आइरहेको ना२ख ९७६४ नंको मालवाहक ट्रकमा जङ्गल क्षेत्रमा पेट्रोल छर्की आगजनी गरिएको हो ।

आगलागीबाट बाँस बोकेको ट्रक र बाँसमा क्षति पुगेको छ । आगजनी कसले र किन ग¥यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया