मोदी संग सर्वाधिकार बिषयमा कानुनी लडाई लडी रहेका छायाचित्र पत्रकार बिमल नेपाल संग डिसीमा गरिएको कुराकानी 

इनेप्लिज २०७२ मंसिर १२ गते २२:०८ मा प्रकाशित

main pic -bimalअमेरिकाको बोस्टनमा लामो समय देखि बस्दै आएका नेपाली मुलका प्रख्यात छायाचित्र पत्रकार बिमल नेपाल संग डिसीमा मोदीले उनले खिचेको तस्बिर अनुमति बिना सामाजिक संजालमा प्रकाशित गरेको बिषय तथा त्यसै सेरोफेरोमा गरिएको कुराकानी l

कुराकानी गर्दै उनले भने आफुले खिचेको छायाचित्र मेरो अनुमति बिना भारतका प्रधान मन्त्रि नरेन्द्र मोदीले प्रयोग गर्नु सरासर गलत हो l उनले भने वहा जस्तो सर्वाधिक चर्चित व्यक्तिले मैले खिचेको तस्बिर प्रयोग गर्नु भनेको मेरो लागि गौरब पनि हो l तर मैले गरेको मेहनत र मेरो सर्बाधिकारको हनन भएकोमा दुख लागेको बताए l

विभिन्न चरणमा पत्राचार भएको उल्लेख उनको पक्षबाट डिसी महानगर क्षेत्रमा संचालित १ सय ३७ बर्ष पुरानो कानुन ब्यबसाय फिस एण्ड रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार बिषय सम्बन्धि कानुनी लडाई लड्ने जानकारी दिए l

modi 2

उक्त मामलामा अमेरिकाको युएस कपि राईटमा दर्ता भै सकेको र उक्त फिस एण्ड रिचार्डसन कानुन ब्यबसायले निशुल्क फोटो पत्रकार बिमल नेपालको पक्षमा कानुनी लडाई लड्ने भएका छन् भने यसको मुख्य कार्यालय बोस्टनमा रहेको छ l उक्त कानुनी ब्यबसायले अधिकार पत्र ,बौद्धिक सम्पत्ति तथा अन्य मुद्धाका बिषयमा हेर्ने गरेको भएता पनि सर्वाधिकार सम्बन्धि धेरै मुद्धाहरु हेरी सकेको छ l

गत बर्ष भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले बिमल नेपाल द्वारा खिचिएको तस्बिर अनुमति बिना प्रधान मन्त्रीको आधिकारिक सामाजिक संजाल मुहार पुस्तिकामा राखेकोले यो बिषयले चर्को रुप लिएको थियो l यस बिषयलाई लिएर अन्तर्राष्ट्रिय ,भारतीय तथा नेपाली संचार माध्यममा पनि चर्चा परिचर्चा चलेको थियो l

bimal 1

नेपाललाई अघोषित नाकाबन्दी लगाउने मोदीलाई कानुनको कठघरामा ल्याउन  फिस एण्ड रिचार्डसन कानुन ब्यबसाय कानुनि लडाई लडी रहेको छ l फोटो पत्रकार नेपालले गत बर्ष आफैले आफ्नी छोरीको छायाचित्र मेसाचुसेट्सको क्यामब्रिज अवस्थित घरको खाना खाने स्थानमा खिचेको तस्बिरलाई प्रधान मन्त्रि नरेन्द्र मोदीले दिपावलीको समयमा अनुमति बिना उक्त तस्बिरलाई आफ्ना सम्पूर्ण प्रशंसक तथा अनुयायीहरुलाई प्रधान मन्त्रीको फेसबुकबाट पठाईएका थिए l

bimal 2आफ्नो छोरी संग खिचेको तस्बिरलाई प्रधान मन्त्रि नरेन्द्र मोदीले आफ्ना २३ मिलियन ( २ करोड ३० लाख ) अनुयायीमा हिस्सा गरेका थिए भने ४ लाख ९६ हजार ले मन पराएका थिए l यसै गरि ४५ हजारले अन्यमा ठाउमा हिस्सा गरेका थिए भने १६ हजारले टिप्पणी गरेका थिए l भारतका प्रधान प्रधान मन्त्रिको कार्यलयबाट उक्त तस्बिर प्रयोग गर्न अनुरोध पनि नगरेकोले डिसीको कानुन ब्यबसायले पत्राचार गरेको छ l

modi 1

तस्बिर :बिमल नेपाल

श्रब्य दृश्य सहित :

प्रतिक्रिया