मोडलिङतर्फ लम्कदै पत्रकार थापा

इनेप्लिज २०७२ मंसिर १२ गते १७:१४ मा प्रकाशित

IMG_6046न्यूयोर्कमा रहेर नेपाली टेलिभिजन पत्रकारितामा सकृय रहदै आएका पत्रकार सूर्य थापा मोडलिङतर्फ पनि लागेका छन् । करिब एक दशक देखि पत्रकारितामा सकृय रहेका थापाले न्यूयोर्कबाटै आधुनिक र लोक गितमा अभिनय गरेर मोडलिङको यात्रा शुरु गरेका हुन् ।

गुल्मी जिल्लामा जन्मेर नेपालको राष्ट्रिय स्तरका पत्रिका, रेडियो र टेलिभिजनमा काम गरेर सबै खाले पत्रकारिताको अनुभब संगाली सकेका थापाले धेरै साथीहरुको सुझाव र आफ्नो पनि झुकाव रहेकोले मोडलिडमा हात हालेको बताउछन् ।

अमेरिकी सरकारको फरिएन प्रेश सेन्टरबाट मान्यता प्राप्त पत्रकार समेत रहेका थापालाई चचिर्त युवा निर्देशक शुरेस दर्पण पोखरलको निर्देशनमा अभिनय यात्रा शुरु गरेका छन् । थापाले आफ्नो पहिलो म्यूजिक भिडियोको रुपमा चर्चित गायक बिमल डांगीको शब्द र लय, श्रीयसी चेम्जोडको स्वरमा रेहेको आधुनीक गित सधै तिमिलाईमा सरिता डांगी र ईत्ना कार्कीसंग अभिनय गरेका छन् । थापाले अभिनय गरेको आधुनिक गित सधै तिमिलाई प्रोमो सार्बजनिक भईसकेको छ भने पुरा भिडियो पनि चांडै बजारमा आउन लागेको निर्माता बिमल डांगीले बताएका छन् । थापाले अभिनय गरेको आधुनीक गित बजारमा नआउदै लोक दोहोरी गितमा पनि अभिनय गरिसकेका छन् ।

IMG_6200

चर्चित लोक दोहोरि गायिका संगिआंखैले खोज्यो तिमिलाई भन्ने गितमा थापाले अभिनय गरेका छन् । सिपी मगर र संगिता थापा मगरको स्वर रहेको गितमा थापाले गायिका संगितासंगै अभिनय गरेका छन् । थापाका दुबै भिडियोको निर्देशन भने हाल अमेरिकामा रहेका सफल युवा निर्देशक शुरेस दर्पण पोखरेलले नै गरेका हुन् । अभिनय यात्रामा आफुलाई परिवार, साथीहरु र शुभचिन्तकहरुले हौसला प्रदान गरिरहेकोले आफुलाई सुधार गर्दै अगाडि बढ्ने योजना थापाले सुनाएका छन् । अमेरिकको बिभिन्न राज्यमा पुगेर स्टेज कार्यक्रम सन्चालन गरेर धेरैको प्रशंसा बटुलेका थापाले म्युजिक भिडियोबाट पनि सबैको मनमा बस्ने अपेक्षा समेत राखेका छन् ।

प्रतिक्रिया