शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:३६
वासिङटन डिसी 17:51

संविधान टिक्न कठिन हुने ज्यो. दीपक सुवेदीको भनाई

इनेप्लिज २०७२ मंसिर १२ गते १४:०० मा प्रकाशित

ज्यो. दीपक सुवेदी .

संविधान सभाले संविधान जारी गर्दाको समयमा नराम्रो ग्रह परेकोले यो नयाँ संविधानको आयुमै शङ्का रहेको ज्यो. दीपक सुवेदीले बताएका छन् । ज्यो. सुवेदीले भक्तिदर्शन टेलिभिजन र अभियान टाइम्स साप्ताहिकलाई अन्तर्वार्ता दिँदै सो कुरा बताएका हुन् । संविधान घोषणा गर्दा राजनीतिक क्षेत्रले बुद्धि नपुर्याई गलत समयमा गरेको हुनाले संविधानलाई आधार मानेर गरिने अधिकांश कार्यहरू अनिश्चित हुने उनकोकथन छ ।

आफू मन्त्री, प्रधानमन्त्री हुनलाई ग्रहदशा हेराउने तथा शान्ति गर्ने नेताहरूले देश र जनताको भविष्यसँग सरोकार राख्ने संविधान जस्तो महत्त्वपूर्ण विषयलाई जारी गर्दा राम्रो ग्रह पारेर नगरी आत्मघात–राष्ट्रघात–जनघाततुल्य बलण्डर मिस्टेक गरेको सुवेदीले अन्तर्वार्तामा व्यक्त गरेका छन् । राजनीतिक क्षेत्रले कहिल्यै तीर्न नसक्ने ऋण लगाएको र अक्षम्य गल्ती गरेको उनको ठहर छ ।

समय समयमा राष्ट्रिय भविष्य वाणी गरेर चर्चामा आउने ज्यो. सुवेदीले पहिलो संविधान सभा र तत्कालिन राजनीतिक संयन्त्रबाट निकास ननिस्कने तथा सो संविधानसभाबाट संविधान नआउने कुरा अन्नपूर्ण पोष्ट र नेपाल समाचारपत्र मार्फत बताएका थिए । दोस्रो संविधानसभाबाट संविधान आउने धारणा पनि कमाण्डर पोष्टमार्फत उनले प्रकाशन गरेका थिए । अहिले पनि अन्तर्वार्तामा उनले बताएको कुराले धेरैको ध्यानाकर्षण गरेको छ ।

संविधान घोषणा हुनेवित्तिकै नभनेर केही समय वेतित भइसकेपछि घटनाक्रमलाई हेरेर पो भन्नु भएको हो कि ? भन्ने न्यूज टिमको प्रश्नमा उनले आफूले संविधान जारी हुनेवित्तिकै पनि अन्नपूर्ण पोष्ट र नेपाल समाचार पत्रलाई यसको बारेमा लेख दिएको तर संविधानसभाबाटै घोषणा भएको संविधानको बारेमा अल्लि असहज कुरा भएकोले होला ती पत्रिकाले यस पटक आफ्नो लेख नछापेको ज्योतिषी दीपक सुवेदीले बताए ।

बालारिष्ट अथवा बाल्यकालमै खड्को परेको मान्छेको जस्तो ग्रहमा यो संविधानको घोषणा भएको र यो धेरै टिक्न नसक्ने उनको जिकिर छ । संविधान घोषणा हुँदा ग्रह धेरैनराम्रो परेको र नराम्रो समयमा संविधान घोषणा भएकोले नै विद्यमान समस्या बढिरहेको उनको भनाइ छ । हुनपनि देशमा संविधान जारी भएपछि हर्ष, खुशी र उमङ्ग हुनपर्नेमा संविधानकै कारणले देशमा अशान्ति बढ्दै गएको छ ।साँच्चै नै ज्यो. दीपक सुवेदीले भने जस्तै नै संविधान असफल हुने हो भने नेपाल नै असफल हुने सहजै अनुमान गर्न सकिन्छ । दिनानु दिन समस्या समाधान हुनुको सट्टा झनभन्दा झन समस्या बढ्दै जानु र स्थिति बिग्रदै जानुले कतै सुवेदीले भनेजस्तै संविधान घोषणा हुँदाको ग्रहको नकारात्मक फलले नै पो प्रभाव गरेको हो कि भन्ने तर्फ पनि सोँच्न पर्ने हुन्छ कि !भक्ति दर्शन टेलिभिजनमा ज्यो. दीपक सुवेदीको अन्तर्वार्ता रहेको लिंक :

प्रतिक्रिया