मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:३९
वासिङटन डिसी 19:54

नेपाल-भारत सीमा नाकामा गोली हानाहान, नेपाल प्रहरीले जवाफी फायरिङ गर्‍यो

इनेप्लिज २०७२ मंसिर ११ गते १९:१९ मा प्रकाशित

Nepal-Police-Firing-650x366झापा, ११ मंसिर । दक्षिणी झापाको केचनामा नेपाल प्रहरीले चलाएको गोली लागेर आज विहान एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा केचना –५ कि ५५ वर्षीया द्रौपदी गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो । नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारततर्फ गईरहेको सूचना पाएर पुगेको प्रहरी र स्थानीयवासीबीच विवाद उत्पन्न भएपछि प्रहरीमाथि ढुङ्गामूडा प्रहार भएको थियो । दशगजा क्षेत्रमा भएको विवादको क्रममा भारतीय पक्षले नेपाल प्रहरीमाथि ढुङ्गामूडा प्रहार गर्दै गोली प्रहार गरेपछि नेपाल प्रहरीले जवाफी कारवाहीका लागि गोली चलाएको दाहालले बताउनुभयो । भारतीय पक्षले लगातार ४ राउण्ड गोली प्रहार गरेपछि जवाफी कारवाहीका लागि नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको बताइएको छ । सोही क्रममा प्रहरीले फायरिङ गरेको गोलीको छर्रा लागेर गणेश घाइते भएको प्रमुख जिल्ला जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइते महिलाको तीघ्रामा गोली लागेको छ । उनको अहिले भद्रपुरस्थित ओमसाई हस्पिटलमा उपचार भइरहेको छ । गएराति दसगजा क्षेत्रबाट प्रहरीले दुई ट्याक्टर सुख्खा सुपारी पक्राउ गरेपछि स्थानीय व्यापारी तथा भारतीय पक्षका व्यापारीबीच आज विहान ५ वजे भनाभन भएको थियो । भनाभनकै क्रममा भारतीय पक्षले गोली चलाएपछि जवाफी फायरिङ्का क्रममा शौच गर्न हिडेकी गणेशमाथि गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीले केचनाबाट ४० बोरा सुख्खा सुपारी वरामद गरेपछि विवाद उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया