शुक्रबार, साउन १५ २०७८
काठमाडौं ११:५३
वासिङटन डिसी 02:08

थ्यांक्स गिभिङ्ग मनाइदै,टर्की खाँदै

इनेप्लिज २०७२ मंसिर ११ गते ३:०२ मा प्रकाशित

702e88806551a2fcedce10676f18c8db-Thanksgiving Turkeyन्यूयोर्क,अमेरिका,नोभेम्वर २६ | आज अमेरिकामा राष्ट्रिय चाडकै रुपमा थ्यांक्स गिभिङ्ग मनाइदैछ | नोभेम्वर महिनाको अन्तिम बिहीवार यसरी अमेरिकामा थ्यांक्स गिभिङ्ग मनाइन्छ | अमेरिकामा क्रिश्चियनहरुको महत्वपूर्ण चाड क्रिसमसभन्दा पनि आजको थ्यांक्स गिभिङ्गलाई बढी मान्छेहरुले मनाउने गरेको पाइएको छ | क्रिसमस धार्मिक चाड भएको तर थ्यांक्स गिभिङ्ग चाहिं सबै जाति,धर्म र सम्प्रदायका अमेरिकनहरुले मनाउने एक अध्ययनले देखाएको छ | यस अर्थमा थ्यांक्स गिभिङ्गले अमेरिकामा रहेका सबैको राष्ट्रिय पर्वको मान्यता पाएको छ | आजको दिनदेखि अमेरिकामा चाडबाडको मौसम सुरु हुन्छ |

थ्यांक्स गिभिङ्गपछि अब प्रमूख महत्वपूर्ण चाड क्रिसमस र नयाँ वर्ष रहेको छ | आजको दिन अमेरिकामा सरकारी राष्ट्रिय छुट्टी दिइने हुनाले यसलाई लामो छुट्टीको समय समेत भनिन्छ | थ्यांक्स गिभिङ्गपछि शुक्रवारको एक दिन अधिकांशले छुट्टी लिने र शनिवार र आइतवार समेत गरी चार दिन छुट्टी लिएर पारिवारिक भेटघाट गर्ने परम्परा छ |

 थ्यांक्स गिभिङ्गको यही चाडमा पारिवारिक भेटघाट,आफ्ना आफन्त,नातेदार एकै ठाउँ भेला भै टर्की खाने चलन छ | थ्यांक्स गिभिङ्गमा नै अमेरिकामा सबैभन्दा बढी सवारी चाप समेत हुन्छ | अर्थात् हवाई एवं सडक यात्रा दुवैमा अत्यधिक भीडभाड हुन्छ |

थ्यांक्स गिभिङ्ग मनाएर टर्की खाएपछि ब्ल्याक फ्राइडे सुरु हुन्छ | ब्ल्याक फ्राइडेमा अमेरिकामा सबै सामान अत्यधिक सस्तोमा किन्न पाइन्छ | इलेक्ट्रोनिक,घरायसी,लत्ता कपडा जस्ता सामानहरु सबै मलहरुमा अत्यधिक छुटमा किन्न पाइन्छ | तर यस्तो सामानको संख्या कम र क्रेता बढी हुने हुनाले बिहीवार रातीदेखि नै ग्राहकहरु सपिङ्ग मल र केन्द्रमा लामो लाइनमा बस्ने गर्दछन् |

के हो थ्यांक्स गिभिङ्ग

थ्यांक्स गिभिङ्ग एक अर्कामा धन्यवाद साटासाट गरेर आभार व्यक्त गर्ने एक चाड हो | अमेरिकी संसदको तल्लो सदन कंग्रेसले थ्यांक्स गिभिङ्गलाई राष्ट्रिय चाडको रुपमा सन् १९४१ मा अनुमोदन गरेको थियो | यद्यपि दूई वर्ष अगाडी नै सन् १९३९ मा राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टले यसलाई स्वीकार गरेर आरम्भ गरेका थिए |

यस अघि सन् १६२१ मा नै थ्यांक्स गिभिङ्गको सुरुवात भैसकेको इतिहास छ | थ्यांक्स गिभिङ्गको अमेरिकी प्रचलन न्यु इङ्ल्यान्डबाट सुरु भएको मानिए पनि यसको अभिलेख एटलान्टिकसम्म भेटिन्छ | मेफ्लावर भन्ने ठाउँबाट छुट्टिएर पुरिटान्स आएका मनिसहरुले आफुसँगै काठिन समयमा तथा सन्चो नभएको बेला पनि ब्रत बसी भगवानलाई धन्यवाद भन्ने चलन भित्र्याएका थिए ।

थ्यांक्स गिभिङ्गको अर्को प्रचलनको पृष्ठभूमि सन् १६२१ तिर हालको म्यासाचुसेट्स राज्यको प्लेमथ उत्पादन केन्द्रसंग जोडिएको छ | जस अनुसार बेलायतबाट तीर्थ गर्न भनी आएका धर्मिक शरणार्थीहरु र रैथाने अमेरिकनहरुबीचको सम्बन्ध देखाइएको छ । सन् १६२० मा धेरै शरणार्थी तीर्थयात्रीहरु नयाँ ठाउँमा खडेरी परेको बेला भोकमरीका कारण मरेका थिए । रैथाने  अमेरिकनहरुले बाँचेका शरणार्थीहरुलाई खेतीपाती गर्न, माछा मार्न र सामुद्रिक खानेकुरा खान सिकाएका थिए । आफुहरुलाई यसो गर्न सिकाएबापत ती शरणार्थीहरुले रैथाने अमेरिकीहरुलाई धन्यवाद भन्न सन् १६२१ मा एक भोजको आयोजना गरे | तत्पश्चात हरेक वर्ष यसरी यो क्रम सुरु भयो र पछि अमेरिकी सरकारले यसलाई राष्ट्रिय चाडका रुपमा अवलम्बन ग-यो |

प्रथम अमेरिकि राष्ट्रपति जर्ज वाशिङ्टनले सन १७८९ अक्टुबर ३ मा औपचारिक रुपमै अमेरिकाभरि यो पर्व मनाउने घोषणा गरेका थिए । सन् १८४६ मा अमेरिकी लेखिका साराह जोसेफा हेलले यो पर्वमा राष्ट्रिय बिदा हुनुपर्ने भन्दै अभियान नै चलाइन् । पछि १८६३ बाट अमेरिकाभरि यो पर्वलाई राष्ट्रिय बिदा दिने निर्णय गरियो ।

ग्लोव नेपाल बाट

प्रतिक्रिया