स्थानीयवासीबाट प्रहरी अधिकृतका लागि भवन

इनेप्लिज २०७२ मंसिर ११ गते १:४९ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), ११ मङसिर । स्थानीय नागरिकको आर्थिक सहयोग र जनसहभागितामा इलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यालय परिसरमा प्रहरी अधिकृतका लागि आवास भवनको निर्माण थालिएको छ ।

यस क्षेत्रका उद्योगी, व्यवसायी र सञ्चारकर्मीको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सो भवन निर्माणका लागि रु १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लामो समयदेखि एक प्रहरी निरीक्षकसहित ५० जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा तीन वर्ष पहिले यहाँका नागरिकको माग र यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सरकारले सो कार्यालयको स्तर वृद्धि गरेपछि हाल एक प्रहरी नायब उपरीक्षक र दुईजना प्रहरी निरीक्षकसहित ७० प्रहरीको दरबन्दी छ ।

प्रतिक्रिया