अमेरिकामा उदाउदो ताराका रुपमा स्थापित हुदै थापा सबिन्द्र

इनेप्लिज २०७२ मंसिर १० गते २०:२६ मा प्रकाशित
Sabin_117 (2)
 काठमाडौँ ठमेलबाट पठन पाठन गरेर बिद्यार्थी भै अमेरिका झन्डै १५ बर्ष अघि छिरेका ,काठमाडौँ बालाजु घर भएका र हाल टेक्सास बसोबास गर्ने सबिन्द्र थापा अमेरिकामा बिबिध ब्यबसायमा संलग्न छन l अमेरिकामा उदाउदो ताराको (राईजिंग स्टार )रुपमा बिस्तारै स्थापित हुदै छन् l थापा सबिन्द्र चिनिदै छन् l एक पछि अर्को ब्यबसायमा हात हाल्ने काममा रफ्तारको साथ लागि परेका छन् l

अहिले चन्द्रमा दाहिने भएको छ थापालाई l ब्यबसाय फस्टाएकोमा मख्ख छन l ब्यापार झाङ्गिदै गर्दा हर्षित पनि छ l तर उनि यतिमा सिमित रहन नचाहेको बताएका छन् l उनलाई धनको डकार अझ आएको छैन l मानिसको चोला अन्त्य नहुन्जेल यो रोग नहट्ने थापाले सवालको जवाफमा त्यसो भने l तर यसो भन्दैमा अहोरात्र द्रब्यको पछाडी बेपत्ता दौडी नरहेको स्पष्ट पारे l

Nepas (1)

उनि संग राम्रो ब्यबसाय समुह छ l ब्यबसाय समुहले राम्रो काम गरेकोमा उनि उत्साहित भएका छन् l अझ आत्म विश्वास बढेको उनले बताए l थापा भन्छन नेपालमा पनि आफ्नो ब्यबसाय रहेकोले बाणिज्यमा उच्च अध्ययन गर्न भनि अमेरिका आएको कथा सुनाए l

उनि अमेरिकाको टेक्सासको डालसको फोर्टवर्थ क्षेत्रमा एक दशक भन्दा ज्यादा समय देखि ब्यापार गर्दै आई रहेका छन् l उनि आफ्नो ब्यबसाय नेपास समुह (नेपास ग्रुप )का प्रबन्ध निर्देशक छन l अमेरिका र नेपालमा उनको ब्यबसाय ट्राभल एण्ड टुर्स (यात्रा व्यवसाय ) निकै चर्चित तथा जमेको छ l उनिले कुराकानीको क्रममा भने नेपालमा सबै भन्दा पहिले निजि क्षेत्र बाट बालाजु औधोगिक क्षेत्र भित्र आधुनिक दुग्ध ब्यबसाय (डेरी फर्म )संचालन आफ्नो पिताले सुरु गरेको बताए l अहिले पनि उक्त ब्यबसाय काठमाडौँमा संचालन मै रहेको थापाले बताए l

DesmataInc_118

ब्यबसाय वृद्धि गर्ने हेतुले उनि भन्छन अमेरिकामा घर निर्माण/बेच बिखनको ब्यबसाय बाह्रै महिना चालु अवस्था हुनाले त्यस्मा पनि २०१२ देखि निर्देशक भै काम गरि रहेको तथा सुचना प्रबिधि सम्बन्धि आफ्नो टेक स्टार ग्रुपमा पनि संलग्न २०१२ देखि नै भएको बताए l ति दुवै ब्यबसाय पनि फापेको बताए l

उनि भन्छन नेपालबाट उच्च अध्ययन गर्न सब भन्दा पहिले सेन्ट्रल ओक्लाहामा बिश्व बिद्यालय आई अध्ययन गर्न अवसर पाएको बताए l बजारीकरण तथा बिक्रि क्षेत्रमा २० बर्षको अनुभवको साथै रणनीति परामर्श ,उद्योगलाई आवश्यक पर्ने कर्मचारी भर्ना ,ग्राहक तथा उम्मेदवारलाई व्यवसाय प्रबन्ध गर्ने जिम्मेबारी रहेको बताए l

आफु धन कमाउने मात्र नभई समाज सेवामा पनि संलग्न रहेको जानकारी थापाले जानकारी दिए l स्वयम् सेवक रुपमा स्थानीय संघ तथा संस्थामा आबद्ध भएकोले समाज सेवा गर्न तत्पर रहेको बताए lगत बर्ष भूकम्प पिडितको सहयोगलाई आफु करिब १ महिना नेपाल गै भूकम्पग्रस्त क्षेत्रमा गै मानवीय सहयोग गरेकोमा आत्मसतुष्ट लागेको बताए l ट्राभल एण्ड टुर्स (यात्रा व्यवसाय )लाई अझ विश्व ब्यापीकरण गर्ने उदेश्य अनुरुप छिट्टै अष्ट्रेलिया तथा फिनल्याण्डमा पनि नेपास समुहको यो ब्यबसाय भित्र्याउने बताए l

यसको लागि कदम चाली सकेको बताउदै जनवरी २०१६ देखि नेपालमा व्यवस्थापन सेवा (मेनेजर सर्विस ) गर्ने समेत योजना रहेको बताए l अमेरिकामा आएका हजारौ नेपालीहरु ब्यबसायमा जम्दै छन् l धेरै नेपालीको उद्योग तथा बिभिन्न ब्यापारमा हात हाली रहेका छन् l ब्यापारले राम्रो गति पकडी रहेको छ l

30यस्तै हजारौ भाग्यशाली नेपाली ब्यबसायी मध्ये कै नेपास ग्रुपका प्रतिभाशाली युवा ब्यबसायी सबिन्द्र थापा एक उदाउदो तारा((राईजिंग स्टार )मा चिनिदै छन् l

 

प्रतिक्रिया