सुनसरी गोलीकाण्डको अध्यक्ष वैद्यबाट भत्र्सना

इनेप्लिज २०७२ मंसिर १० गते १३:४० मा प्रकाशित

spotlight-Mohan-Baidyaकाठमाडौँ, १० मङ्सिर । नेकपा(क्रान्तीकारी माओवादी)ले बुधबार सुनसरीको भान्टाबारीमा भारतीय सीमा सुरक्षा बलका जवान हतियारसहित नेपाल प्रवेश गरी गोली चलाएर चार जना नेपालीलाई घाइते बनाइएको घटनाको विरोध एवम् भत्र्सना गरेको छ ।

सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त घटनाको अविलम्ब छानबिन गरी दोषीमाथि कूटनीतिक माध्यममार्फत कडा कारबाहीको व्यवस्था गर्न माग गर्नुभएको छ ।

क्रान्तिकारी माओवादीले सीमा क्षेत्रमा हुने हिंसात्मक गतिविधि रोक्न नेपाल–भारतबीचको खुला सीमालाई नियन्त्रण गर्न आग्रह गरेको छ । केही दिनअघि सप्तरीमा आन्दोलनकारी र प्रहरीबीचको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको घटनाको समेत अनुसन्धान गर्न अध्यक्ष वैद्यले माग गर्नुभएको छ ।

प्रतिक्रिया