शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:३२
वासिङटन डिसी 17:47

एनआरएन अध्यक्ष शेष घले महिला हिंसाविरुद्धको सद्भावदूत घोषित

इनेप्लिज २०७२ मंसिर १० गते १२:१२ मा प्रकाशित

shesh-ghale

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लैंगिक हिंसाविरुद्धको अभियानका सद्भावदूत नियुक्त हुनुभएको छ । नेपाल सरकारले उहाँसहित अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई समेत सद्भावदूत घोषित गरेको छ ।

बुधबारबाट सुरु भएको लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियानका अबसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तीन जना ब्यक्तित्वलाई सदभावदूत घोषणा गरेको हो । सद्भाव दूतहरुले आगामी दुई बर्षसम्म समाजमा लैंगिक हिंसा न्यूनिकरणका लागि जनचेतना जगाउन बिभिन्न कार्यक्रममा सहभागीता जनाउनुहुनेछ ।

महिला हिंसाविरुद्ध पुरुषको पनि सहकार्य अनिवार्य हुने भएकाले ख्यातिप्राप्त तीन पुरुषलाई सद्भाव दूत घोषणा गरिएको मन्त्रालयले जनाएको छ । अभियानको पहिलो दिन राजधानीमा प्रभावफेरी निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभावफेरी भद्रकाली, सहिदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले सद्भावदूतहरुको घोषणा गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष घलेले हिंसा न्यूनिकरणको थालनी आफ्नै घरबाट गर्नु पर्नेमा जोड दिनुभयो । ‘महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर नबनेसम्म हिंसा दीगोरुपमा अन्त्य गर्न सकिँदैन्’ अध्यक्ष घलेले भन्नुभयो-‘महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउनै पर्छ ।’

दुई बर्षको अबधिमा आफुले महिला हिंसा न्यूनीकरणका लागि नेपालभित्र र गैरआवासीय नेपाली समूदायमासमेत पैरवी गर्ने र महिला शसक्तिकरणमा जोड दिने बताउनुभयो । तीनै सद्भावन दूत संयुक्त राष्ट्रसंघ अन्तरगतको ‘मेन लिडर नेटवर्क’ अन्तरगत नेपाल समितिको सदस्य समेत रहनेछन् । राष्ट्रसंघले महासचिव वान कि मुनकै नेतृत्वमा मेन लिडर नेटवर्क बनाएको छ ।

प्रतिक्रिया