चस्मा वाली

इनेप्लिज २०७२ मंसिर ९ गते २२:५८ मा प्रकाशित

a

पसल गरेको धेरै भाछैन , त्यसमा पनि चस्मा पसल त मेराे लागि विल्कुलै नयाँ थियो र पनि जसो तसो चलेको नै थियाे ! ग्राहक अाफ्नाे बनाउनमा कहिलै पछि थिईन , खुवै टाई फाई लाईन्थो किनकि सहरमा बाेल्नेकाे मात्रै बिक्छ सबै चिज ? भन्ने राम्रोसँग थाहा थियो । तिनी अाएको सायद शुक्रबारकाे दिन बिहानी पख हुनु पर्छ । हर्दा स फुच्ची देखिन्थिन त्यो बेला ।

अामा सङ्ग अाएकि उनीलाई पहिलो चोटि चस्मा लगाएर पठाउने मै हाे । भर्खर नाईनमा पढ्दै गरेकाे कुरा त्यो बेला उनको अामाले सुनाउनु भाथ्याे , धेरै पढेर हाे या टि भि धेरै हेररे चस्मा लगाउनु पर्ने भाको त्यो चै मलाई ज्ञान भएन , सानि उनी चस्मा लगाएपछि झन निकै सुन्दर देखिएकि थिईन याद छ मलाई त्यो बिहानी किन यति धेरै यादगार बिहानी बन्न पुग्यो भन्ने कारण पनि अचम्मकाे छ । न मैले उनलाई चिन्थे न उनले मलाई , उनी मेरो पसलमा अाउने ग्राहक मध्ये कि एक फुच्ची ग्राहक थिइन ! जाे अामासँग चस्मा किन्न अाएकि !

मेर‍ो उनमा अाँखा लाउने हेतु हाेईन तर पनि उनलेनै मेरो पसलमा दुईवटा अाँखा थप्दै चस्मा वालि बन्दै थिईन त उनि तिर मेरो अाँखा किन नजाअोस् । मैले उनलाई चस्मिस बनाएर पठाए अनि उनले मलाई चस्मा वाला बनाईन त्यो बेला ! अहिले ठ्याक्कै फरक छ म चस्मा वाला भए उनी चस्मा वली रहिनन् ! अहिले उनी चलचित्र क्षेत्रमा खुबै जमेकि नायिका मध्ये कि एक नायिका हुन् नाम सँगै दाम खुबै कमाकि छिन् झट्ट हेर्दा म अाफै झुकिन्छु तिनी चस्मा वाली हुन् या अरु कोही भनेर फेरि , त्याे चस्मा बेचेकाे दिनकाे उनि सम्झन्छु र अहिलेकाे उनी फरक मात्रै यो छ कि त्यो बेला चस्मा लगाई दिएर हेरकाे थिए अहिले चस्मा लगाएर हेर्छु ?

मतलब उनलाई समुन्ने बाट नियाल्ने माैका पाछैन केवल पर्दामम मात्रै उनकाे ह फिलिम हेर्छु ! भर्खरै एक दुई महिना अगाडि खुबै हिट फिल्म अाकाे थियाे उनकाे फिल्म मा कथाले मागे जति दिनु पर्छ रे उनले चै डिरेक्टरले मागे जति दिएकि हुनुपर्छ नत्र फिल्म सुपरहिट हुदैन थ्यो मेराे अड्कलमा त्याे बेलाकाे उनी र उनकाे फिल्मी पात्रमा धरै फरक छ चस्मा नलागाई हेर्न मिल्दैन उनले खेलेका ती फिल्म अज भनौ ! चस्मा नि माईनस पावर वाला हुनुपर्छ ताका दृश्य तिरमिर देखियाेस् ! नत्र उनी त्याे दिनकी चस्मा वाली हाे या अरु काेहि चिन्न सकिन्न ।

अनि सँग भेट भयो भने ” हे चस्मा बाला ” सम्म चै भन्छिन् ,कि तर मलाई उनकाे याे सम्बाेधन बिचित्रको लग्ने छैन किनकि म चस्मा वला नै थे उनको सफलताले मेरो सम्बोधन परिवर्तन हुने कुरै थिएन ? सम्बाेधन त उनकाे परिवर्तन भकाे गज्जबले विचकाे कुरा खतल्ने हाे भने उनी ? व्युटी प्याजेन्टमा भाग लिदा ताका साप्ताहिक को मघ्य पृष्ठ बनेर मेरै पसल सम्म अाएकि थिईन उनी । त्याे फाेटाे त मैले सन ग्लासेस लगाएर मात्रै हेरेकाे हाे कसम् ! झुट बाेल्या भा मार्दिनु ?

नजिक बाट नियाल्ने मौ नै कहाँ मिल्यो र कहिले पत्रिका कहिले टेलिभिजनकाे पर्दा हुदै उनि फिल्म सम्म पुग्दा अझै चस्मा वालि नै छिन् उनित चस्मा वालि भईन मलाई पनि चस्मा वला वनाई ! यनकाे प्रगति हेर्दा त लेन्स सँगै ईयर फाेन वला नि बनाउछिन् जस्ताे छ जे हाेस् मेमरी फुल हुने भए ? अरु के के फुल हुन्छ त्याे भने हेर्न बाँकी छ ?

प्रतिक्रिया