ट्याक्टरले किचेर बालकको मृत्यु

इनेप्लिज २०७२ मंसिर ९ गते १४:४८ मा प्रकाशित

भोजपुर, ९ मङ्सिर । जिल्ला सदरमुकाम दिङलामा ट्याक्टरले किचेर आज अपराह्न एक बालकको मृत्यु भएको छ ।

को २ त ३०१८ नम्बरको ट्याक्टरले मोरङ सलकपुर–७ का तेजराज ढुङ्गानाका ११ वर्षीय छोरा किशोर ढुङ्गानालाई ठक्कर दिँदा गम्भीर घाइते भएका र उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मोरङ घर भएका बालक भोजपुर सदरमुकाम मावली घर आएका हुन् ।

प्रतिक्रिया