सिलाई तालिम तथा कार्यालय उद्घाटन

इनेप्लिज २०७२ मंसिर ७ गते १५:४३ मा प्रकाशित

1

रत्ननगर ०७, मसिर

पूर्वी चितवनको कालिका नगरपालिका ६ क्लबचोक तथा पदमपुरमा आजबाट छ महिने निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ । जेन्टल हर्ट फाउन्डेशन काठमाडौको सहयोगमा संचालित क्लबचोक र पदमपुरको तालिममा ५६ जना महिलाहरु सहभागी रहेका छन् । तालिम सम्पन्न भएपछि सहभागी प्रत्येकलाई १÷१ थान सिलाई मेसिन समेत उपलब्ध गराईने फाउन्डेशनका अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो ।

2उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कालिका नगरपालिका, पदमपुर सेवा केन्द्र प्रमुख रमा आचार्यले सिलाई कटाई तालिमबाट महिलाहरुले स्थानीय स्तरमै आयआर्जनको अवसरलाई व्यवसायिक रुपमा लानुपर्ने बताउनुभयो । निशुल्क रुपमा यसप्रकारको तालिम पाउनु पनि अवसरको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष अर्जुन ढकाल, पत्रकार शिशिर सिंखडा, फाउन्डेशनद्वारा संचालित कार्यक्रमका चितवन सुपरभाइजर ईश्वर कुमार श्रेष्ठ, सदस्य रेविका ढकाल तामाङ्ग, शोभा ढकाल, तालिम प्रशिक्षक जमुना चौधरी लगायतले मन्तव्य गर्नुभएको थियो ।

3सोही अवसरमा फाउन्डेशनको सम्पर्क कार्यालयको कालिका नगरपालिका ६, क्लबचोकमा उद्घाटन गरिएको थियो । फाउन्डेशनले आज नै सिद्धिका २१ जना र जुटपानीका ३५ जना विपन्न विद्यार्थीलाई खाजा, कलम, कापी सहयोग गरेको थियो । त्यस्तै गरी संस्थाले नवलपरासीको पिठौली–६, नयाँवस्तीका ८८ जना विपन्न विद्यार्थीहरुलाई पनि खाजा, कलम र कापी सहयोग गरिएको फाउन्डेशनका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

4

प्रतिक्रिया