गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को प्रेस बिज्ञप्ति

इनेप्लिज २०७२ मंसिर ७ गते ६:३६ मा प्रकाशित

एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त
संरक्षक, सल्लाहकार र सदस्यहरु मनोनित

काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को १५ नोभेम्बर २०१५ का दिन बसेको वैठकले संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथा अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गरेको छ ।

वैठकमा अध्यक्ष शेष घलेले संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रीय संयोजकहरुले सिफारिस गरि पठाउनुभएका र बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको नाम प्रस्ताव गर्नुभएको थियो । बैठकले सवै प्रस्तावहरुलाई बहुमतले पारित गरेको छ ।
जसअनुसार संस्थाको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछाने नियुक्त हुनुभएको छ । उहाँ सन् २०११ देखि १३ सम्म संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन हुनुभएको छ ।

यसैगरी वैठकले गैरआवासीय नेपाली संघमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बिभिन्न क्षेत्रका ११ जना दिग्गज ब्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

जसअनुसार डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडालाई सल्लाहकार नियुक्त गरिएको छ ।

वैठकले बिधानअनुसार नियुक्त गर्न सकिने १५ जना मनोनित आईसीसी सदस्यहरु पनि नियुक्त गरेको छ । जसअनुसार अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसी, एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री, युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा र जानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री नियुक्त हुनुभएको छ ।

यसैगरी वैठकले नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णय गरेअनुसार अन्तराष्ट्रिय समन्वय समितिको प्रवक्तामा रन्जु थापा वाग्लेको नियुक्तिलाई अनुमोदन गरेको छ । वैठकले विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्या समितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

वैठकले नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न ‘विपत ब्यबस्थापन समिति’ गठन गरेको छ । अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित समितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिर भट्ट र रजनी प्रधान सदस्य रहनुभएको छ । समितिले नाकाबन्दीका कारण नेपाल उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडी बढाउने छ ।

रञ्जु थापा वाग्ले
प्रवक्ता
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्
मितिः २२ नोभेम्बर, २०१५

प्रतिक्रिया