सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:०८
वासिङटन डिसी 15:23

ओलीको नेतृत्वमा नगएर सही निर्णय गर्‍यौँ: नेता पौडेल

इनेप्लिज २०७२ मंसिर ५ गते १५:१८ मा प्रकाशित

ramchandra-poudeljpgकाठमाडौँ, ५ मङ्सिर । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारमा नगएर सही निर्णय गरेको बताउनुभएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को २५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकारको नेतृत्वमा नगएर सही निर्णय गरेको बताउनुभयो ।

कार्यबाहक सभापति पौडेलले भन्नुभयो, “केपी ओलीको पछि नलागेर ठीक गरेका छौँ, पछि बुझ्दै जानुहोला ।” उहाँले आफूले गरेका निर्णय जवाफदेही भएकाले देशको एकताका लागि उपयोगी भएको समेत जिकिर गर्नुभयो ।

“वर्तमान सरकारको नेतृत्व गर्नुभएका ओलीको नेतृत्वलाई स्वीकारिँदा बुद्धिमानी हुँदैन, सन्तुलन जोगाएर लैजाँदा धेरै बुद्धि पु¥याउनुपर्ने हुन्छ”– उहाँले थप्नुभयो ।

कार्यबाहक सभापति पौडेलले नेपालमा अहिले संविधान जारी गर्दा केही अप्ठ्यारो स्थिति देखापरेको भन्दै आठ वर्षको कामलाई निष्कर्षमा पु¥याउन नसकिने हो कि भन्ने डरले संविधान जारी गरेको बताउनुभयो ।

डीएलए एकीकरणको खबरले खुसी लागेको र आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ भन्नुभयो ।

सो अवसरमा कानुनमा विद्यावारिधी गर्नुहुने डा शम्भुप्रसाद खनाल, कानुनी क्षेत्रमा कलम चलाउने समाचारपत्र दैनिकका पत्रकार विकास भट्टराई र कानुन व्यवसायी परिषद्को परीक्षामा प्रथम हुने लक्ष्मी बखाद्योलाई पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

विद्यावारिधी गर्नुहुने डा खनाल र पत्रकार भट्टराईलाई जनही रु १० हजार र परिषद्को परीक्षामा प्रथम हुने बखाद्योलाई रु पाँच हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया