११ मिलियन प्रबासिहरुको हैसियत खतरामा—————————— के अमेरिकि राष्ट्रपति बाराक ओबामाको अपिल अमेरिकि सर्बोच्च अदालतले सुनिदेला त यसपटक?

इनेप्लिज २०७२ मंसिर ५ गते १३:०२ मा प्रकाशित

sssd876580

के अमेरिकि राष्ट्रपति बाराक ओबामाको अपिल अमेरिकि सर्बोच्च अदालतले सुनिदेला त यसपटक? अमेरिकि राष्ट्रपति ओबामाको प्रशासनले अमेरिकि सर्बोच्च अदालतमा भर्खरै लाखौलाख झण्डै ११ मिलियन उनकै शब्दमा कागजबिहिन र गैरकानुनि रुपमा रहेका प्रबासिहरुलाइ डिपोर्टेसन(देश निकाला) गर्नबाट बचाउन र उनिहरुलाइ कानुनि हैसियत प्रदानका लागि आफु राष्ट्रपति रहदै कार्यान्वनका लागि अनुमति दिन अदालतमा निबेदन हालेको हो। आफनो कार्यकाल छोट्टिदै जादा गैरकानुनि रुपमा बसिरेका कागजबिहिन प्रबासिहरुलाइ देश निकाला हुनबाट रोक्न र उनिहरुलाइ काम गर्ने अनुमति दिनका लागि सर्बोच्च अदालतलाइ निबेदन हालेका हुन राष्ट्रपति बाराकले। जसबाट तत्काल ५ मिलियन यस प्रकारका प्रबासिहरुले राहत पाउनेछन। जसमा अधिकाश अमेरिकामा जन्मेका तथा कानुनि स्थायि

बासिन्दा बच्चाहरुका कागजबिहिन बाबुआमा रहेका छन। जुन निबेदन ठ्याक्कै राष्ट्रपति ओबामाको अमेरिकामा आफनो गैरकानुनि र कागजबिहिन प्रबासिहरुको ब्यबस्थापनका लागि ल्याइएको नितिको घोषणाको एक बर्ष पछि हो।

अमेरिकाका जुन पुरातनबादि तथा रुढिबादि भनिएको अमेरिकि पुरानो राजनैतिक दल रिपब्लिकनहरुको बर्चस्व रहेका २६ राज्यको बिरोध र निषेधका पक्षमा अदालतको अघिल्ला निर्देशनको पुराबलोकनका लागि आएको राष्ट्रपतिको निबेदन र अनुरोधलाइ अदालतले कसरि लिने हो त्यो चाहि हेर्न बाकि नै छ।

रिपब्लिकनहरुको बिरोध र अडकाउ नितिका कारण अप्ठेरोमा पर्दै आएको ओबामाको निति कार्यान्वयनको पुराबलोकन अनुरोध माथि सकारात्मक ढङ्गले अनुमति दियो भने पनि यसलाइ कार्यान्यन गर्न ओबामा सङ्ग पर्याप्त समय छैन। उनको बाकि छोटो कार्यकालकाल अबधिमा आउदो जनवरि २०१६ को मध्यसम्ममा यो उनको अनुरोध निबेदनमाथि सुनुवाइ गरिदिएन भने सन २०१७ को जनवरिबाट कार्यालय छोड्दै गरेका ओबामालाइ उनको यस सम्बन्धि योजना लागु गर्ने मौका मिल्ने छैन। ओबामाले आफनो निबेदनमा भनेका छन कि अमेरिकामा गत ५ बर्षदेखि बसिरहेका यहि जन्मेका तथा कानुनि हैसियतका बच्चाहरुका आबुआमाहरुलाइ कानुनि हैसियत दिलाउन अनुमति देउ। ११ मिलियन प्रबासिहरु अमेरिकामा कागजबिहिन अबस्थामा छन। जुन अहिले हुदै गरेको सन २०१६ को राष्ट्रपति निर्वाचनमा यस बिषयबस्तुले हटकेक जस्तै ठुलो बहसको स्थान ओगटेको छ। रिपब्लिकन र डेमोक्रेटिक दुबै दलका आकाक्षि राष्ट्रपति उम्मेद्वारहरुले आआफनो तबरले यस बिषयबस्तुलाइ तर्कहरु प्रस्तुत गरेका छन भने कतिले चुनाबि नाराको रुपमा आफनै ढङ्गको वकालत गरि अमेरिकि मतदाताहरुको ध्यान आफुतिर केन्द्रित गरि जित्ने बाहानाको रुपमा लिएको देखिएको छ।

यसै क्रममा ओबामाको अघिल्लो कार्यकालकि बिदेश मन्त्रि पुर्ब सिनेटर तथा पुर्ब २ कार्यकालका राष्ट्रपरि बिल क्लिन्टनकि धर्मपत्नि प्रबल दाबेदार उक्त दलकि सम्भाबित उम्मेदार हिलारि क्लिन्टनले राष्ट्रपति बाराकको उनको निति तथा अदालतमा हालिएको अपिल माथि समर्थन गरेकि छिन जसले प्रबासि अमेरिकि मतदाताहरु उनिप्रति सकारात्मक हुने देखिन्छ। रिपब्लिकनका आकाक्षि धनाढ्य डोनाल्ड ट्रम्प कागजबिहिन प्रबासिहरुका बिरुद्द कडा रुपमा प्रस्तुत भएका छन भने उनले ति ११ मिलियन गैरकानुनि प्रबासिहरुलाइ देश निकाल्न चाहन्छन कदमकदाचित उनि सो दलबाट मनोनित भए र निर्बाचित भए भने सम्पुर्ण कागजबिहिन प्रबासिहरु देश निकाला गरिनेछ। यो अमेरिकाका लागि महङ्गो साबित मात्रै हुने छैन कि प्रबासिहरुको अधिकार चुडिनेछ। अहिलेसम्म ७ लाख २० हजार युवा प्रबासिहरु जो गैरकानुनि रुपमा बसिरहेका थिए उनिहरुले काम गर्ने र कानुनि कागज प्राप्त गर्ने हैसियत पाइसकेका छन अमेरिकि प्रबासि राहत कार्यक्रम अन्तर्गत। अमेरिकि सुरक्षामा खतरा देखिएका, अपराधिक गतिबिधिमा सम्लग्न अदालति कार्वाहि भोगिसकेका तथा गैरकानुनि रुपमा सिमाना नाघेर आएका प्रबासिहरुलाइ भने कुनै ढङ्गले पनि पुनराबिचार गर्न नसकिनेमा चाहि दुबै दल सहमत देखिएका छन। एसोसियटेड प्रेसका अनुसार यो बर्ष गत सेप्टेम्बर २०१५ सम्ममा २ लाख गैरकानुनि प्रबासिहरु देश निकाला भएछन। जुन सख्या सन २००६ पछिको सबैभन्दा सानो हो। सन २०१२ मा मात्रै ४ लाख ९ हजार कानुन मिचेका, गैरकानुनि र कागजबिहिन प्रबासिहरु देश निकालामा परेका थिए।

(लेखक अमेरिका नेपाल व्यवसायी संघका कार्यबाहक​ सभापति र अमेरिकन चेम्बर अफ कमर्शका

संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया