सोमबार, साउन १८ २०७८
काठमाडौं १२:२२
वासिङटन डिसी 02:37

“द लाष्ट मोनार्क” को प्रदर्शन अमेरिकामा हुने

इनेप्लिज २०७२ मंसिर ५ गते १२:४९ मा प्रकाशित

the last monarch 2

अमेरिका, २० नोबेम्बर, नेपालको शाहवंशीय राजतन्त्रको उत्थान र पतनको विषयलाई लिएर तयार गरिएको वृत्तचित्र “द लाष्ट मोनार्क”अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको छ । काठमाडौका मल्टीप्लेक्स सिनेमा हलहरुमा सबैभन्दा लामो समय चलेको वृत्तचित्रको रुपमा नाम दर्ज गराएको “द लाष्ट मोनार्क” ले अन्र्तराष्ट्रिय प्रदर्शनीको सुरुवात अमेरिकाबाट गर्न लागेको हो । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएञ्जल्समा आगामी डिसेम्बर १२ शनिवार साँझ ८.०० श्रीपशुपतीनाथ फाउण्डेशनको हलमा “द लाष्ट मोनार्क”को पहिलो प्रदर्शनी हुँदैछ ।

लस एञ्जल्सपछि उक्त वृत्तचित्रको प्रदर्शनी सान्फा्रन्सिस्को, सोनोमा, सियाटल, टेक्सास, मिजौरी, सिकागो, न्युयोर्क, बाल्टीमोर, वासिङ्टन डीसी, मेरिल्याण्ड, मिनिसोटा लगायतका स्थानहरुमा हुने भएको छ । नेपालमा करीव २४६ वर्ष चलेको राजतन्त्रको सुरुवातदेखि अन्त्यसम्मका घटनाक्रमहरु समेटिएको उक्त वृत्तचित्रले नेपाली ईतिहासका महत्वपूर्ण तथ्यहरुलाई बाहिर ल्याएको छ । अघिल्लो वर्ष काठमाडौका दर्शकहरु र समिक्षकका लागि चासो र चर्चाको विषय बनेको राजतन्त्र सम्बन्धी यो वृत्तचित्रले नेपाल बाहिर रहेका नेपाली र विदेशहरुलाई समेत नेपालको राजनीतिक विकासक्रम, राजतन्त्रको उत्थान र पतनको विषयमा महत्वपूर्ण जानकारी दिनेछ ।
नेपाल संसारको राज्य निर्माणको क्रममा २१ औं पुरानो देश भएको कुरा पनि वृत्तचित्रले पहिलोपटक बाहिर ल्याएको छ । ईतिहासदेखि नेपालको दरबारमा भएका विभिन्न घटना,परिघटनाहरु, राजा वीरेन्द्रको वंशविनासको घटना पनि यसमा समेटिएका छन् । वृत्तचित्रले नेपाली ईतिहासका महत्वपूर्ण सवालहरुलाई बाहिर ल्याएको र यसले इतिहासका घटनाहरुलाई पर्दामा उतारेको वृत्तचित्र निर्देशक रमेश खड्काले बताए । यो सबै दर्शकहरुका लागि रुचि हुने र शिक्षाप्रद फिल्म हो । असी मिनेट लामो वृत्तचित्रमा नेपालको दरवार,राजतन्त्र र राजनीतिका सयौं तथ्यहरु थाहा पाउन सकिने निर्माता मञ्जु भट्टले बताईन् । “नेपाली ईतिहासको महत्वपूर्ण विषयमा बनेको फिल्मको अन्र्तराष्ट्रिय प्रदर्शनी अमेरिकाबाट सुरु हुनु हाम्रा लागि ज्यादै खुशीको कुरा हो । यसपछि यो फिल्म नेपालीहरु रहेका अरु देशहरुमा पनि प्रदर्शनीमा जानेछ ”– निर्माता भट्टले बताईन् ।

the last monarch 1निर्देशक खड्काले यसअघि तयार गरेका काडामाडौं, छाउ, पच्चीस बच्चाकी आमा, जवाङका जिन्दगीहरु, दिल्ली ड्रीम,लामाज इन डिलेमा, ६८ सदस्य (सिक्स्टी एट मेम्बर्स), बम्बै सपना, जुम्ली जीवन लगायतका सामाजिक मामिलाका वृत्तचित्रहरु दर्जनौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा छनोट भएका छन । यी मध्ये केही फिल्महरुले विभिन्न अन्र्तराष्ट्रिय महोत्सवहरुमा अवार्ड जितेका छन् । वृत्तचित्र प्रदर्शनीका सिलसिलामा निर्देशक खड्का र प्रोड्युसर मञ्जु भट्ट अमेरिकाका विभिन्न स्थानहरुमा सहभागी हुनेछन् ।

लस एन्जल्समा हुने सिनेमा प्रदर्शनको बारेमा थप जानकारी तथा टिकटको लागि श्रीपशुपतीनाथ फाउण्डेशन युएसए (५६२-८६४-७६००) तथा नकुल श्रेष्ठलाई ५६२-२६२-१०५२ मा सम्पर्क गर्न सकिने छ भने अन्य स्थानहरुको बारेमा बिस्तृत विवरण पुन: जानकारी गराइने निर्देशक रमेश खड्काले बताउनुभयो ।

प्रतिक्रिया