देश सुब्बा संग गरिएको सकुराकानी !

इनेप्लिज २०७२ मंसिर ५ गते १२:२६ मा प्रकाशित

अनेसास पुरस्कार २०१५ का ‘ भयवादी दर्शनको ‘ पुस्तक बिजेता साहित्यकार देश सुब्बा भयवाद दर्शनको ‘ प्रणेता पनि हुन् । सुब्बा अन्तर्राष्ट्रिय पुरस्कार पाउने भाग्यशाली थोरै नेपालीहरु मध्ये सौभाग्यशाली व्यक्ति हुन् । वहाको पुस्तकले न्युयोर्क उत्सव पुस्तक पुरस्कार २०१५ तथा दक्षिण क्यालिफोर्निया उत्सव पुस्तक पुरस्कार २०१५ पनि जितेको बताउनु भएको छ l उक्त पुरस्कार नोभेम्बर ७ तारिखमा घोषणा भएकोले प्रणाम पत्र प्राप्त भै नसकेको जानकारी सुब्बाले दिनु भएको छ l भयवादले बिस्तारै मान्यता पाउदै छ l बिश्वमा अझ यसले मान्यता पाउने कुरामा आफु बिस्वस्त भएको सुब्बाले बताउनु भएको छ lअमेरिका आउने भएकोले यो पुस्तक समारोहमा आफ्ना कुराहरु पनि राख्ने अवसर पाइने भएकोले आफु अन्तर आत्मा देखि नै प्रफुल्ल भएको बताउनु भयो l र आफुले ४ वटा उपन्यास ,केहि कविताहरु तथा भयवादको दर्शन सम्बन्धमा पुस्तक लेखेको बताउदै १९९१ देखि भयवादमा लेख्न सुरु भएको झन्डै १७ बर्ष लागेको बताउनु भयो l

उहासंग गरिएको सकुराकानी !

प्रतिक्रिया