मंगलबार, साउन १२ २०७८
काठमाडौं ०६:०१
वासिङटन डिसी 20:16

उपाधि एपिएफलाई

इनेप्लिज २०७२ मंसिर ४ गते १३:३१ मा प्रकाशित

volleyballइटहरी, ४ मङ्सिर । पूर्वाञ्चल भलिबल सङ्घको आयोजनामा इटहरीमा सञ्चालित तीनदिने बिच भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

सशस्त्र विभागीय टोली नेपाली सेनाको टोलीलाई पराजित गर्दै प्रथम भएको छ । प्रतियोगितामा सशस्त्र प्रहरीका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले नेपाली सेनाका महेन्द्र श्रेष्ठ र हरिहर कार्कीको टोलीलाई २१–१० र २१–१७ को लगालग पराजित गरेको हो । विजयी टोलीले रु २० हजार तथा सिल्ड प्राप्त गरेको छ । उपविजेता नेपाली सेनाको टोलीले भने रु १५ हजार र सिल्ड प्राप्त गरेको छ ।

यसैगरी महिलातर्फको उपाधि नेपाल प्रहरीको बिनी बुढाथोकी र रेश्मा भण्डारीको टोलीलाई पराजित गर्दै सशस्त्र प्रहरीका सरस्वती चौधरी र नेविका चौधरीको टोली प्रथम भयो । सो टोलीले रु २० हजार र सिल्ड तथा दोस्रो हुनेले रु १५ हजार र सिल्ड हात पारेका छन् ।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दुर्जकुमार राई र जापानी प्रशिक्षक सुन्जी यानागिताले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया