शनिबार, साउन ९ २०७८
काठमाडौं २०:४२
वासिङटन डिसी 10:57

भारतलाई पाठ सिकाउन विप्लव माओवादीको विरोध कार्यक्रम

इनेप्लिज २०७२ मंसिर ४ गते १२:५१ मा प्रकाशित

Bhim-Rawal2-650x388

सुर्खेत, ४ मंसिर । नाकाबन्दी गरेर दुःख दिइरहेको भारतलाई पाठ सिकाउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले नयाँ कार्यक्रम लागु गरेको छ । आफ्नो विरोध कार्यक्रमको सुरुवातमै विप्लव माओवादीले माथिल्लो कर्णाली आयोजना निर्माणको ठेक्का पाएको भारतीय निर्माण कम्पनी जिएमआरलाई फिर्ता जान चेतावनी दिएको छ । उसले एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न कम्पनीलाई चेतावनी दिएको हो । जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर बुधबार विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो । ‘एक महिनाभित्र हामीले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेका छौं,’ विप्लव माओवादीका भेरी–कर्णाली इन्चार्ज भरत बम ‘रणवीर’ले भन्नुभयो, ‘हाम्रो अनुरोधको बेवास्ता गरिए बल प्रयोग गर्न बाध्य हुने छौं ।’ उहाँले पुस १ गतेभित्र बन्द नगरिए २ गते बल प्रयोग गरेर भए पनि सुर्खेत र दैलेखका कार्यालय बन्द गराउने दाबी गर्नुभयो ।

प्रतिक्रिया