तीन वर्षमा चार किमी सडक निर्माण

इनेप्लिज २०७२ मंसिर ४ गते १:५१ मा प्रकाशित

बैतडी, ४ मङ्सिर । जिल्लाको अनारखोली–कैलपाल कृषि सडक निर्माण कार्य ढिलाइ हुँदा स्थानीयवासीलाई समस्या भएको छ ।

डडेल्धुरा र बैतडीको सीमामा पर्ने उक्त सडक तीन वर्षमा चार किलोमिटर मात्र निर्माण भएको स्थानीयवासी देवसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो – “करिब तीन वर्ष पहिलेदेखि निर्माण कार्य सुरु गरेकामा अहिलेसम्म पनि पूर्णरुपमा नबन्दा समस्या भएको छ ।”

अनारखोलीदेखि चार किलोमिटर बीच जङ्गलसम्म मात्र निर्माण हुँदा गाउँमा उत्पादित तरकारी बजारमा पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । बजार आवतजावत गर्नसमेत पैदल जानुपर्ने बाध्यता रहेको छ ।

आफूलाई पायक पर्ने चुल्लेक गाउँसम्म सडक पु¥याइदिन सम्बन्धित निकायलाई आग्रह गर्दासमेत कुनै पहल नभएको स्थानीयवासीको गुनासो रहेको छ ।

प्रतिक्रिया