पशुपति क्षेत्रमा नयाँ शौचालय

इनेप्लिज २०७२ मंसिर ४ गते १:४८ मा प्रकाशित

cartoon-toilet-1काठमाडौँ, ४ मङ्सिर । भक्तजन तथा तीर्थालुको सुविधालाई ध्यानमा राखेर पशुपति क्षेत्रमा नयाँ शौचालय निर्माण भएको छ ।

विश्वका हिन्दूहरुको पवित्र तीर्थस्थल पशुपतिनाथको प्राकृतिक सुन्दरता तथा सरसफाइलाई ध्यानमा राखेर पुरुष र महिलाले छुट्टाछुट्टै प्रयोग गर्ने गरी शौचालय निर्माण भएको हो ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले निर्माण गरेको शौचालय बिहीबारबाट सञ्चालनमा आएको छ ।

बिहीबार पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले कोषका सदस्यसचिव डा गोविन्द टण्डनलाई शौचालयको साँचो हस्तान्तरण गर्नुभयो ।

कोषका सदस्यसचिव डा टण्डनले पशुपति क्षेत्रलाई थप व्यवस्थित गर्न अझै आधा दर्जनभन्दा बढी शौचालय आवश्यक भएकाले सहकार्यका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रबन्ध निर्देशक टण्डनले मुलुकको सांस्कृतिक सम्पदाको जगेर्ना गर्न सामाजिक उत्तरदायित्व बहन गरेको बताउँदै भविश्यमा पनि निरन्तरता दिने सङ्केत गर्नुभयो ।

आधुनिक प्रविधिले बनेको उक्त शौचालय करिब रु १५ लाखको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया