नायिका जल शाह ‘साल्ट लेक सिटी च्याप्टर’को अध्यक्ष

इनेप्लिज २०७२ मंसिर ३ गते १३:२० मा प्रकाशित

sssd876580

 

काठमाडौँ । नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिनुभएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले सर्वसम्मतरुपमा अध्यक्षमा मनोनीत गरेको ‘मिडिया संयोजक’ विमल डाँगीले जानकारी दिनुभयो । कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा ‘न्युयोर्क च्याप्टर’ संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गर्नुभयो । नवनियुक्त अध्यक्ष शाहले सङ्घलाई आफूले अझ विस्तार गरेर विदेशमा रहेका नेपाली कलाकारको पक्षमा काम गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया