“ब्राण्डले” कसरी सफल हुन्छन् ब्यवसायी ?——————————————– ब्यवसायिक सफलताको सूत्र “ब्राण्ड” आर्थिक उन्नतिको मुख्य​ भर्याङ्ग

इनेप्लिज २०७२ मंसिर ३ गते १२:२४ मा प्रकाशित

sssd876580

अमेरिकाको नर्थ क्यारोलिना राज्यको चेरोकी काउन्टीकी गोरी लिसा कार्पेनिङले आफ्नो मिहिनेतले यति सफलता पाउँछु भनेर कहिल्यै सोचेकी थिइनन् होला । उनको

साँघुरो बाटो भएको साँघुरै घरमा न साइनबोर्ड छ, न कुनै प्रचार प्रसार नै । तर पनि उनले आफ्नै हातले बनाएको आइसक्रिम खान दैनिक ग्राकको भीड लाग्छ । उनलाई

यसरी ग्राहकको विश्वास जितेर भीड लाग्ने बनाउन पाँच वर्ष लाग्यो । भेनिला, स्ट्रवेरी, चकलेट, कुकिज, पिनट बटर, मिन्ट, कोकोनट, चेरी, फ्रेन्च भेनिला, बनाना पुडिङ, चिज केक, बर्थ डे केकजस्ता फरक स्वाद र प्रकृतिका आइसक्रिमका लागि त्यस क्षेत्रका ग्रामीण भेगका वासिन्दा ३०–४० माइल परबाट समेत आउने गरेका छन् । त्यसो त एकपछि अर्को गर्दै प्रख्याति कमाएको उनको आइसक्रिम सस्तो पनि छैन । तर, ग्राहकहरू मूल्यको कुनै परवाह नगरी तोकिएको रकम तिर्न राजी छन् । अहिले उनले आफ्नो आइसक्रिमको ब्राण्ड नै बनाएकी छिन्–लिसाज आइसक्रिम । जहाँ विश्वसनीयता छ, गुणस्तरीय छ, स्वादमा कुनै फरक छैन र ग्राहकले ब्यवहार पनि राम्रो महसुस गर्न पाएका छन् । त्यसैले त ग्राहकहरू उनको आइसक्रिम खान मरिहत्ते नै गर्दछन् ।

मैले यस लेखमा साना, मझौला तथा ठूला जेजस्ता तहका ब्यवसाय भए पनि ब्राण्डिङको महत्व, खुल्ला र प्रतिस्पर्धी बजारमा यसको अर्थ, ब्यवसाय, उत्पादन, वस्तु तथा सेवामा यसको महत्वका बारेमा उल्लेख गर्ने जमर्को गरेको छु ।

सामान्य अर्थमा ब्राण्डको अर्थ ब्यवसाय, ब्यवसायी, वस्तु, सेवा तथा उत्पादनको उपभोक्ताप्रतिको इमानदारिता र विश्वसनीयता देखाउनु हो । ब्राण्डको जग भनेकै सेवा तथा वस्तुको लोगो, पहिचान र मुख्य चिनारी हो भन्ने बुझ्नु पर्दछ । उपभोक्ताले के अपेक्षा राख्दछन् ? ब्यवसाय, उत्पादन तथा सेवा के हो ? यसप्रति उपभोक्ताको आकर्षणको केन्द्रविन्दूलाई नै ब्राण्ड भनेर परिभाषित गरिन्छ । यसको मतलब तपाईंको उत्पादनको खर्च लागत महंगो छ, उच्च गुणस्तरीय छ । वा थोरै लागत वा उच्च मूल्यांकन छ भने सबै अर्थमा सधैं सबै उपभोक्ताका लागि असम्भव हुन सक्छ । त्यसैले तपाईंले आफ्नो ब्यवसायको ब्राण्ड नीति कसरी, कस्तो, के, कहाँ र कसका लागि भन्ने कुराको मूल्यांकन, विश्लेषण र अध्ययन गर्न जरुरी छ । उत्पादन, सेवा तथा वस्तुको प्रचार प्रसार लक्षित वर्ग वा ग्राहकसमक्ष पुर्याउन सञ्चार माध्यम र उपभोक्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम र अवस्थाको पनि लेखाजोखा हुन जरुरी छ । यथार्थमा ब्राण्डिङले उत्पादन तथा सेवाको प्रभाव, स्वतन्त्रता र बराबरी हैसियतको प्रत्याभूति दिलाउँछ ।

 जसले वस्तु, सेवा तथा उत्पादनप्रति उपभोक्ताको आँखामा उच्च मूल्यांकन, फरक विश्वास, फरक दृष्टिकोण, गुणस्तरीयता र आकर्षण स्थापित गर्दछ । यस्तो अवस्थामा ग्राहकहरू थप पैसा तिर्न अप्ठ्यारो मान्दैनन् । र, उनीहरूको बानी बसालिदिनेछ । तपाईंको ब्यवसायमा स्थापित ब्राण्ड, जसमा सेवा, उत्पादन वा वस्तुमा थप मूल्य, अतिरिक्त मूल्य जोड्दा पनि ग्राहकलाई आपत्ति हुने छैन । जुन अन्य ब्राण्ड नभएका साधारण सेवा, उत्पादन तथा वस्तु ग्राहकको छनौटमा पर्न गाह्रो हुन सक्छ । र, यस्तो वस्तु तथा सेवाहरू बजारमा दीर्घ वा टिकाउ नहुन सक्दछ । अन्ततोगत्वा ब्यवसाय तथा सेवा नै असफल हुन सक्छ । जस्तै कोकाकोला र पेप्सीका अगाडि त्यस्तै अन्य साधारण ब्राण्ड बनाउन नसकेका सोडाहरू बजारमा नटिक्न सक्छन् । कोकाकोलाले प्रतिस्पर्धी बजारमा शक्तिशाली गुणस्तरीय छाप बनाएको छ

उपभोक्ताहरू कोक वा पेप्सी भनेपछि त्यहि नै पिउने बानी परेका हुन्छ्न । त्यसैले त्यस्ता ग्राहकले अन्य सोडामा ध्यान नै दिँदैनन् । कोक, पेप्सी, चिरवाइन, रेडबुल वा मनस्टर पिउने ग्राहकले पाएसम्म र उपलब्ध भएसम्म जतिसुकै पैसा तिर्न परे पनि त्यही नै किन्छन् । यो नै ब्राण्ड हो । जस्तै जुत्तामा नाइक, फोनमा एप्पल, कम्प्युटरमा डेल, चस्मामा रेबन, घडीमा साइकोमा विश्वस्त भएका ग्राहकहरूका लागि पहिलो छनौटमा ती ब्राण्ड नै पर्दछन् ।

जसले विश्वसनीयता जितेको छ । ब्राण्डलाई परिभाषित गर्दा आफ्नो ब्यवसायमा आफैंले सिर्जना गरेको आफ्नै आविष्कार हो । जुन ब्यवसायको मुटु र गोरेटो हो । ब्राण्ड निर्माणका लागि ब्यवसाय, सेवा तथा उत्पादनलाई समय लाग्न सक्छ । र, कहिलेकाँही असहज र असम्भव पनि भैदिन्छ । तपाईंको कम्पनी, ब्यवसाय, सेवा वा उत्पादनको उद्धेश्य के हो ? केके सेवा, सुविधा र फाइदाहरू छन् ? ब्राण्ड स्थापित हुँदासम्म कत्तिको किफायती हुनसक्छ ? तपाईंको सेवा, उत्पादन तथा वस्तुमा उपभोक्ताले के खोज्दछन् र के सोच्दछन् ? तपाईंका उपभोक्ता तथा ग्राहकलाई कस्ता गुण तथा महत्व दिन चाहनुहुन्छ ? उपभोक्ताको आवश्यकता, बानी तथा ईच्छालाई तपाईं र तपाईंका ब्यवसाय एवं सेवाले समेट्छ त ? यी कुराहरू ब्राण्डका मुख्य चासोहरू हुन् । तपाईंका सेवा, वस्तु तथा उत्पादनमा सत्यता, इमानदारिता, विश्वसनीयता, गुणस्तरीयता र नियमितता उपभोक्ताले महसुस नगरेसम्म र त्यसलाई आत्मसाथ नगरेसम्म तपाईंका सेवा तथा उत्पादनले ब्राण्ड स्थापना गर्न सक्तैन । उपभोक्ताको नजर, ईच्छा, आकर्षण र बानी जित्न नसकेसम्म ब्राण्ड स्थापित हुन सक्तैन ।

तपाईंका सेवा, वस्तु तथा उत्पादनलाई चिन्ने, पहिचान गर्ने ग्राहक फेरि फर्किएर तपाईंको सेवा तथा उत्पादन खोज्दै आउने वातावरण सिर्जना नभएसम्म ब्राण्ड स्थापित हुन सक्तैन । उपभोक्तालाई तपाईंको सेवा, वस्तु तथा उत्पादनको जाँच, परीक्षण र अनुभूति गर्न दिँदा फ्रेस, फ्रेन्डली, फास्ट र फेयरको सिद्धान्तलाई अवलम्बन गर्न जरुरी छ । ब्राण्डको नाम, लोगो र तपाईंको सेवाको पहिचानका लागि प्रचार प्रसारसँगै दक्ष मार्केटिङ, गतिलो नेटवर्किङ तथा निरन्तर सेवा, उत्पादनप्रति इमानदारिता, विश्वसनीयता र गुणस्तरीयताको जग बसाउन जरुरी छ । आफ्नो सेवा, उत्पादन र वस्तुको सक्षमता, कमजोरी तथा अवसरलाई मिसन र इमेजमा रूपान्तरण गर्न सकेमात्र ब्राण्ड स्थापित हुन सक्छ ।

ब्राण्ड भनेको त्यस्तो अवस्था हो कि तपाईंका बारेमा अरू कसैले आफ्नो दिमाग, टाउको र मन मस्तिष्कमा अटाउन र राख्न सक्दछ । जसले तपाईंको उत्पादन तथा सेवाका बारेमा कारण, विचार वा गुण सुन्ने र सुनाउने अवस्था, ज्ञान र क्षमताको सिर्जना हुनेछ । तपाईंको ब्यवसाय वा सेवाको छुट्टै पहिचान र फरकता, धैर्यता, निरन्तरता, प्रतिस्पर्धा, खुल्लापन र जानकारी तथा नेतृत्व नै ब्यवसाय तथा सेवाको ब्राण्ड स्थापनाका लागि सफलताका मन्त्रहरू हुन् ।

उत्पादन तथा सेवाकै कुरा गर्दा रेष्टुरेन्टकै कुरा गरौं । एक जना ग्राहक, जो एक पटक तपाईंको रेष्टुरेन्टमा आएर खाइसकेको छ । उसले अर्को पटक तपाईंको रेष्टुरेन्टमा फेरि फर्केर आउँदा के अपेक्षा राख्दछ त ? यदि उसले अघिल्लो पटकको खानेकुरा मन पराएको हो भने अर्को पटक पनि त्यहि स्वाद र ब्यवहारको अपेक्षा राख्दछ । त्यहि स्वादको निरन्तरता चाहन्छ, त्यहि पैसामा ती खानेकुरा पाउने अपेक्षा राख्दछ । उसको चिन्ता र चासो भनेकै त्यहि स्वाद,  त्यहि पैसा र त्यहि ब्यवहार प्राप्त गर्ने हो । उसले त्यस्तो प्राप्त गर्न सक्छ कि सक्तैन ? यदि प्राप्त गर्यो भने उ नियमित ग्राहक बन्यो र उसले अरू चार जनालाई पनि त्यसबारेमा भन्छ । त्यसैगरी अरू चार जनाले अरू थुप्रैलाई भन्दा रेष्टुरेन्टको पहिचान, लोगो र चिनारी स्थापित हुन पुग्दछ । यसलाई नै ब्राण्ड भनिन्छ । यहि ब्राण्डले नै तपाईंलाई ब्यवसायिक सफलता मिल्दछ । यहि सफलता नै तपाईंको आर्थिक सफलता हुनेछ । एक पटक बसिसकेको ब्राण्ड सितिमिती हट्दैन । र, निरन्तरता पाइरहेमा उपभोक्ताको भीड र आकर्षण बढ्नेछ ।

आखिर ब्राण्डले मात्रै ब्यबसायमा सफलता प्राप्त हुने चाहि होइन​। ब्राण्ड स्थापित भैसके पछि झन बिस्वसनियतालाइ मुख्य​ निरन्तरताका साथसाथै प्राप्त गरेको शाख जोगाइ राख्न थुप्रै चुनौति एबम जिम्मेवारि थपिनेछन​। ब्राण्डले टेवा दिने हो। ब्राण्डका साथमा ब्यबसाय तथा सेवा सन्चालनको मुख्य जिम्मेवारि कसको हो?

सन्चालक​, प्रबन्धक वा मुख्य तहको ब्यबस्थापन गर्ने शैलि पनि उत्तिकै महत्वपुर्ण र जिम्मेवार हुन्छ सफलता प्राप्तिका निमित्त​। ससारमा सफलता हासिल गरेका, नाम कमाएका ब्राण्ड कम्पनि, सेवाप्रदाय निकायहरु पनि अन्ततोगत्वा असफल भएका उदाहरणहरु त्यत्तिकै हाम्रा माझ छन​, मुख्य निकाय वा प्रबन्धकको लापर्वाहि वा पदिय दुरुपयोगका कारणले। यत्ति मात्रै हो कि स्थापित ब्राण्डले बिकाउ गरिदिन्छ​, थप टेवा दिन्छ तर काधमा सधै बोकेर

हिडदैन ब्राण्डले।

अमेरिकामा पेट्रोल (ग्यास)का उपभोक्ताहरू बीपी ग्यासप्रति बानी परेका र यसप्रति नै विश्वास भएकाहरूले आफ्नो गाडीमा अरू ग्यास सितिमिती प्रयोग गर्दैनन् । त्यस्तै सिट्गो, एक्सन, म्याराथन, सुनोकोलगायतका ग्यास प्रयोगकर्ताहरू सकेसम्म आफूले प्रयोग गर्ने ग्यास नै प्रयोग गर्दछन् । होन्डा, टोयोटा, फोर्ड, सिल्भर ए, प्यारामाउन्ट गाडी चढ्नेहरूले अर्को गाडी किन्नुपर्दा त्यही ब्राण्डकै मन पराउने गर्दछन् । किनकि त्यसैमा उनीहरू बानी परिसकेका हुन्छन् । सेवामा ब्राण्डको महत्व खोज्न धेरै टाढा जानै पर्दैन । नेपालमै पनि ‘बाजेको सेकुवा’देखि ‘थकाली थाली’ वा नेवारी बारा, चटामरीदेखि वाइवाइसम्मका सेवाहरूले ब्राण्ड कमाएका छन् । जसले विश्वसनीयता, गुणस्तरीयता र स्वादको निरन्तरतासँगै ग्राहकको पनि भीड जम्मा गर्ने गर्दछ । त्यसैले ब्यवसाय तथा सेवामा ब्राण्ड स्थापनाले मानिसलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

(लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका कार्यवाहक सभापति र अमेरिकन चेम्बर अफ

कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया