शनिबार, साउन १६ २०७८
काठमाडौं ०७:२५
वासिङटन डिसी 21:40

नर्थ क्यारोलाइनामा दीपावली तथा छडको भव्य सँस्कृतिक साँझ सबैको माँझ

इनेप्लिज २०७२ मंसिर ३ गते १:५४ मा प्रकाशित

IMG_4726नोभेम्वर १५,माँ गैह् आवसिय नेपाली संघ नर्थ क्यरोलाइनाको हार्बर योंग स्पोटर्सको हलमा पाँच सय भन्दा वढी दर्शकको माँझ विभिन्न संघ संस्था, मिडियाकर्मि लगायत, ठूलो संख्यामा नेपाली दर्शक तथा अन्य विदेशीहरुको उपस्थितिमा भव्य सांस्कृतिक सॉझ सम्पन्न भयो । नर्थ क्यारोलाइनाका एनआरएनका च्याप्टर अध्यक्ष रेवती अधिकारिको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा एनआरएनका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलको प्रमुख आतिथ्य तथा विशेष अतिथि लोक गीतका चर्चित गायक एनआरएनका सल्लाहकार प्रेम राजा महतको विशेष उपस्थितिले दर्शकहरुको उल्लेखनिय सहभागीता र रौनक़ उक्त कार्यक्रममा थियो ।

IMG_4731त्यसमा पनि नेपालका ख्याति प्राप्त कलाकार दिलीप रायमाझीको नृत्य ,भजन शिरोमणीको पुत्र रत्न सत्य रूपले संगितमा सबैलाई मुग्ध बनाए । दोहरी गायक रमेश परियार र मन्जु पुनले दोहरी गाएका थिए । उक्त कार्यक्रमको प्रस्तुति योगेन्द्र गौतमले गरेका थिए ।

IMG_4730एनआरएन अमेरिकाका महिला कोअर्डिनेटर राधा पौडेलले एनआरएनको वारेमा जानकारि दिनु भयो । उक्त कार्यक्रमका संयोजक लोकेन्द्र ब चन्दले कार्यक्रमको व्यवस्थापन गर्नु भयो । सो कार्यक्रमको थालनि ‘ मितिनी ज्यु नरिसाउन ‘ को वोलमा नाचेर साना नानीहरू श्रेया चन्द र संस्कृति अधिकारले प्रस्तुति गरेका थिए ।

IMG_4729

लोकल संस्था सीएनसीका डा ठाकुर कार्कीले शुभकामना मन्तव्य दिनु भयो । स्वागत मन्तव्य एनआरएनका च्याप्टर महा सचिवले दिनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले एनआरएनका च्याप्टर पदाधिकारीलाई प्रमाण पत्र र एनआरएनलाई सहयोग गर्ने महानुभावहरूलाई क़दर पत्र समेत वितरण गर्नु भएको थियो । सो कार्यक्रममा डा अच्युत अधिकारी,ईश्वर देवकोटा,डा बालकृष्ण शर्मा,डा हरिहर भट्टराई,डा चिरन्जिवी भट्टराई,रामकृष्ण वाग्ले,राजन पौडेल,चेत भट्टराई,एम कुमार श्रेष्ठ,अमर आले,सीता वराल,कमल काफ्ले,वावुराम दवाडी,कृष्ण कार्की,चेत भट्टराईहरू तथा वरिष्ठ पत्रकार तथा समाजसेवी विनय अर्यालले कलाकार तथा कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया