मधेस आन्दोलनको नाममा यहाँ के के भए के के ?

इनेप्लिज २०७२ मंसिर २ गते १७:४८ मा प्रकाशित
IMG_5543
यहाँ के के भए के के ! । !!! नेता ले हैन एफ एम ले आन्दोलन चलाए , अधिकार र पहिचान को मुद्दा बनाएर दिल्ली लाई मख्ख बनाए , सिमान्कन को मुद्दा बनाएर बिहार मा कोशी को पानि को भारतीय सदुपयोग भन्दै सम्बृद्ध बिहार को भासण मोदी मार्फत बिहार चुनाव मा गराए , बिद्यालय बन्द गराएर शिक्षाको अधिकार बाट बालबालिका लाई बन्चित गराए , अक्सिजन र औषधी को अभाब स्रिजना गराएर ठुलो पुण्य कमाए l
यी कुरो को बेलिबिस्तार पछी गरौला ऐले लाई भने कुरो गरौ रक्सौल गोली काण्ड को ।बिगत रक्सौल मा प्रहरी को गोली लागेर एक आन्दोलनकारी भारतीय नागरिक को ज्यान गयो ।भारतिय बिदेश मन्त्रालय ले बिज्ञप्ती निकाले लगत्तै मोदी ले पनि कमकक्छी ओलि लाई फोन गरेर भने निर्दोस भारतिय नागरिक को हत्या भयो । धेरै मिडियाले भने “आन्दोलन मा भारतिय संलग्नता प्रस्ट भयो , प्रहरी लाई ढुङ्गा हान्ने ब्यक्ती कसरी निर्दोस हुन सक्छ ? “
 
म भने तीन छक्क ! “किन भारत ले यस्तो भन्यो ? ” भारत ले “त्यसो भन्दा मिडियाले चाही किन त्यस्तो लेखे ? ” बल्ल चेत खुल्यो ” भारतिय बिदेश मन्त्रालय र मोदी सही थिए । निर्दोश नभन्ने हरु सबै गलत ।
 
” अब तपाईहरु भन्नु होला “भारत को कुरो ठीक भन्ने यो केटो बौलाएछ ! ” तपाईहरु पनि एकपटक राम्ररी सोच्नुस त ” एक अर्का को आन्तरिक मामला मा हस्तक्छेप नगर्ने अनि छिमेकी देश को बिरुद्द मा आफ्नो नागरिक र आफ्नो भुमी को प्रयोग हुन नदिने “सन्धी , सम्झौता मा हस्ताक्छ्र गरेको देश का नागरिक , छिमेकी देश को आन्दोलनकारी शक्तीसँग मिलेर प्रहरी माथी आक्रमण गर्छ भने त्यो त त्यस देश को सरकार र त्याहा को प्रहरी प्रसासन को दोश हो । त्यो मृतक नागरिक को होईन ।
 
आफ्नो नागरिक को मृत्यु हुँदा बिज्ञप्ती निकाल्ने सक्ने भारतिय सरकार ले , आफुले हस्ताक्षर गरेको सन्धी सम्झौता पालन गर्न गराउन “नेपाल मा भैरहेरको आन्दोलन उस्को आन्तरिक मामला भएको ले ” कुनै पनि भारतीय नागरिक उक्त आन्दोलनमा सरिक नहूनु भन्ने निर्देशनात्मक बिज्ञप्ती जारी नगरेको साथै नेपाल मा आन्दोलन गरिरहेका शक्तिहरुलाई आफ्नो भुमिमा मेश संचालन गरी निशुल्क भोजन को ब्यवस्था हुँदा समेत भोट को राजनीति को निमित्त त्यसको बिरुद्द मा कुनै पनि तबर को सरकारी कदम नचालेको हुँदा भारत ले आफ्नो गल्ती स्वीकार गरेको हो “मृतक भारतिय निर्दोश हो भनेर । “
 
त्यस्तो बिग्यप्ती निकालोस पनि कसरि !? शायद भारत का जनता लाई भारत सरकार ले नेपालसँग गरेको यस्तो सन्धि , सम्झौता बारे कहिल्यै पनि सुसुचित गराएकै थिएन की ? चुनाबि माहौलमा तातेका जनतालाई त्यस्तो बेलामा यस्तो जानकारी एक्कासी दिदा बिपक्षीले अर्को मूद्दा बनाउलान र दिल्ली मा जस्तै गरी बिहार मा पनि आफु बडारिन्छु कि भन्ने डर मोदी सरकार लाई लागेको हुनु पर्छ । त्यसैले छोटो , मीठो , चोटिलो एबम उत्तम उपाय ” बिग्यप्ती निकाल नेपाल लाइ नै दोस देउ ” ।
 
त्यसैले बिचरा मृतक को के दोश ऊ त आन्दोलन मा रोजगारी को अवसर देखेर आएको थियो । गल्ती त भारतीय सरकार र उस्को स्थानिय प्रसासन को नै हो नि ! ??????
 
मेरो मन को एकल सदस्यीय छानबिन आयोग ले त यहि ठहर गरेर यो रिपोर्ट सार्वजनिक गरेको छु ।अब तपाई के भन्नु हुन्छ !? तपाईंहरुकै मर्जी ।

प्रतिक्रिया