नेपाल र नेपालीलाई माया गर्ने अमेरिकी युवती म्यागी डोयन बनिन सिएनएन हिरो २०१५

इनेप्लिज २०७२ मंसिर २ गते १५:३१ मा प्रकाशित

Maggie Doyneलस-एन्जलस, २ मंसिर । संयुक्त राज्य अमेरिकाको न्युजर्सी राज्यमा बेबी सिटिंगको जागिरबाट गरेको आम्दानीले जिन्दगीको गुजारा चलाउदै गर्दा बचेको सानो  हिस्साको रकम बोकेर नेपाल घुम्न गएकी म्यागी डोयनले पश्चिम नेपालको सुर्खेतका अनाथ बालबालिकाको अवस्था देखेर उनीहरुको हितमा काम गार्ने अठोट गरेको केहि बर्ष नबित्दै उनको सेवा परमो धर्मको यात्रा सिएनएन हिरोको उपाधि बाट पुरष्कृत भएको छ । छुट्टीमा नेपाल घुम्न गएकी किशोरी अमेरिकी सुख सयलको जिन्दगी त्यागेर आफ्नी आमासँग थप रकम माग्दै सुर्खेतका अनाथ बालबालिकाको हितमा काम गर्ने अठोट गरिन । उनको त्यो सेवा भावको अठोट र त्यागको उच्च कदर गर्दै उनलाई सिएनएन हिरोको उपाधि बाट पुरष्कृत गरिएको छ । नेपाल घुम्न गएकी अमेरिकी किशोरी म्यागी डोयनलाई नेपाली बाल बालिकाको अवस्थाले उनको मन मुटु छोयो र नेपाल घुम्ने उनको यात्रा कहिले नटुंगिने यात्रा बन्यो । मंगलबार न्यूयोर्कमा आयोजित बिशेष समारोहमा म्यागी डोयन सहित अन्य दश जनालाई सेवा परमो धर्मको यात्रामा हिंडे बापत सिएनएन हिरोको उपाधि बाट पुरष्कृत गरिएको छ । नेपालमा बालबालिकाको पालन पोषण, शिक्षा स्वास्थ्य र महिला केन्द्र चलाइरहेकी अमेरिकी युवती म्यागी डोयन सिएनएन हिरो २०१५ बने लगत्तै उनलाई बधाई दिनेहरुको ताँती लागेको छ साथमा उनको काममा सहयोगी हातहरु समेत जुटेका छन्। प्रत्यस्क बर्ष जस्तै यस बर्ष पनि अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क(सिएनएन)ले अनलाइन भोटिङका आधारमा डोयनलाई मंगलबार राति सिएनएन हिरो २०१५ घोषणा गरेको हो । सिएनएन हिरो २०१५ डोयनले १ लाख डलर पुरस्कार र १० हजार डलर नगद प्रोत्साहन स्वरुप प्राप्त गरेकी छिन् । संयुक्त राज्य अमेरिकाको न्युजर्सी राज्यमा बसोबास गर्दै आएकी २९ वर्षिया डोयन पश्चिम नेपालको सुर्खेतमा अनाथ बालबालिकाको पालन पोषण र शिक्षा दिक्षाका लागि कोपिला भ्याली समाजको स्थापना गरी काम गर्दै आएकी छिन । सिएनएन हिरो घोषित भए लगत्तै डोयनले नेपालले अाफूलाई छोरीको रूपमा स्वीकारेकोमा धन्यावाद व्यक्त गरिन् । यता नेपाल र नेपाली डायस्पोराका नेपाल र नेपालीलाई माया गर्ने डोयन सिएनएन हिरो घोषित भएकोमा गर्वको अनुभूति गरेका छन् । क्यालिफोर्नियाका एक नेपाली भन्दै थिए सायद अब सिएनएन हिरो म्यागी डोयनलाई आम नेपालीले नेपाली छोरीको उपाधिले सम्मान गर्ने दिन धेरै टाढा छैन । यसअघि नेपालबाट चिर परिचित समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले सिएनएन हिरो बाट पुरष्कृत हुने अवशर प्राप्त गरिसकेका छन् ।

Maggie

प्रतिक्रिया